काठमाडौं । टीभीएस एनटर्क नेपालमा सर्वाधिक चल्तीको स्कुटर हो । १२५ सीसी सेग्मेन्टमा सर्वाधिक चर्चित यो स्कुटरलाई कम्पनीले विभिन्न भेरियन्टमा उपलब्ध गराएको छ । अब आउन लागेको एनटर्कको छैटौं भेरियन्ट हो ।
कम्पनीले अहिलेसम्म एनटर्क ड्रम, एनटर्क डिस्क, एनटर्क रेस, एनटर्क सुपर स्क्वाड र एनटर्क रेस एक्सपी भेरियन्ट विक्री वितरण हुँदै आएको छ । टीभीएसको आधिकारीक विक्रेता जगदम्बा मोटर्सले नेपाली बजारमा रेस एक्सपी भेरियन्ट केही दिन अघि मात्रै सार्वजनिक गरेको हो ।
सम्भवत केही दिन भित्रै सार्वजनिक हुने एनटर्कको नयाँ भेरियन्टको नाम एनटर्क १२५ रेस एक्सटी रहने छ । यद्यपि यो नाम कम्पनीले पुष्टि भनेको छैन ।
नयाँ एनटर्क एक्सटी भेरिएन्टमा थप फिचर उपलब्ध रहने अनुमान गरिएको छ । राइडिङ मोड, थप प्रविधिमैत्री फिचरको साथ आउने नयाँ भेरियन्टमा इन्जिन भने समान हुनेछ ।

