होन्डाको नयाँ एसयूभीको ‘क्रेटा र सेल्टोस’सँग सिधा टक्कर

काठमाडौं । होन्डाले नयाँ एसयूभी बजारमा ल्याउने भएको छ । कम्पनीले ल्याउन लागेको नयाँ एसयूभीले बजारमा रहेका चल्तीका हुन्डाई क्रेटा, किया सेल्टोस, फक्सवागेन टाइगुन र स्कोडा कुशक जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गर्नेछ ।

होन्डाले यसअघि नै धेरै पटक यसको परिक्षण गरिरहेको तस्विरहरु बाहिर आएको थियो । अब होन्डाले चाँडै यसलाई भारतीय बजारमा सार्वजनिक गर्ने रिपोर्टहरु सार्वजनिक भएको थियो ।

होन्डाले नयाँ एसयूभीमा १.५ लिटर लिटर पेट्रोल र १.५ लिटर टर्बो डिजेल इन्जिन उपलब्ध हुनेछ । यसमा ६ स्पीड म्यानुयल र सिभीटी अटोमेटीक गियरबक्स दिएको छ । सम्भवत कम्पनीले यसमा हाइब्रिड इन्जिन पनि दिनेछ ।

भारतीय बजारमा टोयोटा र मारुती सुजुकीले पनि नयाँ एसयूभी ल्याउने तयारी गरिरहेको समयमा आउन लागेको होन्डाको नयाँ एसयूभीले बजारमा उत्कृष्ट फिचर अफर गर्ने दावी कम्पनीले गरेको छ ।


Back_to_top