नेपालमा बिक्री सुरू हुँदै टीभीएसको सबैभन्दा शक्तिशाली स्कुटर एनटर्क १५०

काठमाडौं । नेपाली बजारमा टीभीएसको पावरफुल प्रिमियम स्कुटर एनटर्क १५० यसै साता बिक्री सुरू हुने भएको छ ।

नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले मंगलबारदेखि आयोजना हुने नाइमा मोबिलिटी एक्स्पोमा स्पोर्टी डिजाइनमा आधारित पावरफुल एनटर्क १५० लन्च गर्ने भएको हो ।

एनटर्क १५० भारतमा सार्वजनिक भएको १ वर्षपछि नेपाली बजारमा आएको हो । भारतमा यो स्कुटर एनटर्क १५० र एनटर्क १५० टीएफटी गरी दुई भेरियन्टमा उपलब्ध छ । नेपाली बजारमा कुन भेरियन्ट उपलब्ध हुन्छ भन्ने कम्पनीले हालसम्म खुलाएको छैन ।

प्रिमियम स्कुटर सेग्मेन्टमा रहेको एनटर्क १५० टीभीएसको हालसम्मकै सबैभन्दा शक्तिशाली र स्पोर्टी स्कुटर समेत हो । एनटर्क १५० मा क्वाड मल्टिपोइन्ट प्रोजेक्टर एलईडी हेडल्याम्प, स्पोर्टी टेल ल्याम्प, स्टाइलिस फ्रन्ट कम्बिनेसन ल्याम्प, नेकेड ह्याण्डल बार, एरोडाइनामिक विङलेट, स्पोर्टी मफलर, सिंगल पीस सिट र स्प्लिट ग्र्याब रेलहरूको समिकरण सहितको नयाँ स्टेल्थ एयरक्राफ्ट इन्स्पायर्ड डिजाइन पाउन सकिन्छ ।

एनटर्क १५० मा १४९.७ सीसी क्षमताको सिंगल सिलिण्डर, एयरकुल्ड, थ्री भल्ब, एफआई इन्जिन छ । यसले अधिकतम ७००० आरपीएममा १३.२ बीएचपी पावर तथा ५५०० आरपीएममा १४.२ एनएम टर्क जेनेरेट गर्छ । यो इन्जिन सीभीटी गियरबक्स र आइएसजी साइलेन्ट स्टार्ट प्रणालीसँग जोडिएको छ । टप स्पिड १०४ किलोमिटर प्रतिघण्टा रहेको टीभीएसको एनटर्क १५० स्कुटर निकै पावरफुल छ । यसले ० देखि ६० किलोमिटर प्रतिघण्टाको स्पिड ६.३ सेकेण्डमै पूरा गर्छ ।

स्कुटरमा सेग्मेन्ट पहिलो फुल डिजिटल टीएफटी क्लस्टर, नेभिगेसन असिस्ट, एलेक्सा इन्टिग्रेसन, स्मार्ट वाच इन्टिग्रेसन, म्युजिक कन्ट्रोल, अन्तिम पार्क लोकेसन, कल एसेप्ट रिजेक्ट, भेहिकल लाइभ ट्रयाकिङ र ओभर द एयर सर्भिस अपडेट सिस्टम पाइन्छ ।

साथै, आइगो असिस्ट बुस्ट मोड, राइडिङ मोड, डिस्क ब्रेक, एबीएस, ट्रयाक्सन कन्ट्रोल, हाजार्ड ल्याम्प, फलोमि हेड्ल्याम्प, क्रयास अलर्ट, हाइ स्पिड अलर्ट, इमर्जेन्सि ब्रेक वार्निङ, एडजस्टेबल ब्रेक लिभर, यूएसबी पोर्ट, अल इन वान लक, कलरफुल अलोय ह्वील, ट्युवलेस टायर, फ्रन्टमा टेलिस्कोपिक र रियरमा हाइड्रोलिक ड्याम्पर टाइप सस्पेन्सन सेटअप तथा रेस ट्युन्ड सिट पाउन सकिन्छ ।

यसको सिट मुनि ५.८ लिटरको इन्धन ट्यांकी राखिएको छ । साथै, २२ लिटरको अन्डर सीट स्टोरेज र फ्रन्टमा ग्लोभ बक्स पनि उपलब्ध छ । यसको ह्वीलबेस भने एनटर्क १२५ सरह नै छ ।

नेपालमा टीभीएस एनटर्क १२५ स्कुटर राम्रै संख्यामा बिक्री भइरहेको छ । यदि, कम्पनीले उचित मूल्यमा उपलब्ध गराएमा नयाँ विकल्पमा आउन लागेको एनटर्क १५० ले राम्रो बजार पाउन सक्नेछ ।


Back_to_top