७ तस्विरमा हेनुहोस् टीभीएसको नयाँ रोनीन मोटरसाइकल

काठमाडौं । टीभीएसले भारतमा हिजो सार्वजनिक गरेको रेट्रो डिजाइन मोटरसाइकल रोनीनको चर्चा सुरु भएको छ । २२५ सीसी क्षमताको इन्जिनमा आएको रोनीन मोर्डन रेट्रो डिजाइनको कारण चर्चामा रहेको हो ।

टीभीएस रोनीनमा दिइएको २२५.९ सीसी क्षमताको इन्जिनले अधिकतम ७७५० आरपीएममा २० बीएच पावर तथा ३७५० आरपीएममा १९.९३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरका साथै स्लीपर क्लचसमेत रहेको छ ।

यसको फ्रन्टमा राउन्ड सेप एलइडी हेडल्याम्प रहेको छ । यसमा टी सेप एलइडी डिआरएल दिइएको छ । त्यस्तै, क्लासिक डिजिटल स्मार्ट क्लष्टर र भ्वाइस कमान्ड फिचरसमेत उपलब्ध रहेको छ ।

कम्पनीले यो मोटरसाइकलको फ्रन्टमा गोल्डेन कलर यूएसडी फर्क सस्पेन्सन र रियरमा मानोशक सस्पेन्सन दिएको छ । रोनीनको राइडिङ पोस्चर अप राइड पोजिशनिङ छ भने कम्र्फटका लागि वाइड सिंगल पिस सिट दिएइको छ ।

त्यस्तै यो मोटरसाइकलमा १७ इन्च ह्वील, दुबै चक्कामा डिस्क ब्रेकका साथै एबीएस फिचर पाउन सकिन्छ । यसका अलावा रोनीनमा राइड मोड, फुल एलइडी हेडल्याम्प, टी सेप एलइडी डीआरएल, साइलेन्ट स्र्टाट फिचर जस्ता फिचर दिइएको छ ।


Back_to_top