टेष्ट ड्राइभ रिभ्युः अटो शो अघिनै थाहापाउनुस् अपाची ‘आरआर ३१०’का यी विशेषता

काठमाडौं । टीभीएस कम्पनी पछिल्लो समय निकै एग्रेसिभ रुपमा बजार बिस्तारमा लागि परेको छ । कम्पनीले यसवर्ष अपाची २००-४भी र अपाचीकै १६०-४भी रेसिङ अडिसन सार्वजनिक गरिसकेको छ । टीभीएसका बाइक नेपाली बजारमा जगदम्बा मोटर्स कम्पनीले आधिकारीक रुपमा विक्री वितरण गर्दै आइरहेको छ ।

स्कुटर लाइनअपमा पनि निकै आक्रमक देखिएको यस कम्पनीले एकपछि अर्को उत्पादन बजारमा ल्याई रहेको छ । भारतीय बजारमा पछिल्लो पटक सार्वजनिक भएको टीभीएस एनटर्क स्कुटरपनि नेपाली बजारमा आउने तयारीमा रहेको छ । 

यसैबीच भदौ २६ गतेबाट काडमाडौंको भृकुटी मण्डपमा आयोजना हुने नाडा अटो शो २०१८मा कम्पनीलले टीभीएस अपाची ३१० आरआरलाई सार्वजनिक गर्ने तयारी गरिरहेको छ । 

यही क्रममा उक्त बाइकले नेपाली सडकमा टेष्टीङको काम पुरा गरेको छ । यही शिलसिलामा कम्पनीले मेरोअटो टिमलाई समेत टेष्ट राइडको लागि उपलब्ध गराएको थियो । हामीले टेष्ट राइडपछि बाइकको बारेमा गरेको रिभ्यु यस्तो रहेको छ ।  

लुक्स


अपाची आरआर ३१०लाई काठमाडौंको नक्साल हुँदै बालुवाटार तिर अगाडि बढाउँदा सडकमा धेरै मान्छेले यो बाइकमा नजर लगाएको देख्न सकिन्थ्यो । सजिलै सबैको नजर आफुतर्फ खिच्न सक्नुको मुख्य कारण यो बाइकको लुक्सनै हो । 

बाइक लिएर सडकमा निस्कदाको पहिलो अनुभव सडकमा बाइक चलाई रहेका चाकलहरु आफ्नो बाइक स्लो गरेर यो बाइकलाई ध्यान दिएर हेरिरहेका थिए । झट्ट हेर्दा यो बाइक धेरै हेभी देखिन्छ, लाग्छ ६००÷७०० सीसीको हुनुपर्छ । यसो हुनुमा यसको फ्रन्ट लुक्स बिग र मस्कुलर भएको कारणले हो । 

हेडलाइट


अपाचे आरआर ३१० मा बिआइ–एलइडी प्रोजेक्टर हेडल्याम्प प्रयोग गरिएको छ । अझ यसको टेलल्याम्प त डेभिल हर्न (दैत्य सिङ)को आकार मा बनाइएको छ, यसले बाइकलाई उकृष्ट आवरण प्रदान गरेको छ । यसको हेडल्याम्प फ्रन्ट नोजलाई एग्रेसिभ लुक्स दिइएको छ ।

यो बाइक नाइट राइडको लागि अतिनै उपयुक्त रहेको छ । यसमा प्रयोग भएको हेडल्याम्प इन्ट्रीलेवल कारको जस्तै पावरफुल रहेको छ । यसमा लो लाइट तथा हाइबिम लाइट एकैसाथ बल्छ जसका कारण नाइट राइडका लागि अत्यन्त सहज हुने गर्छ ।

सिटिङ पोजीसन

अपाचे आरआर ३१० हेर्दा जस्तो एग्रेसिभ देखिन्छ, यसको सिटिङ पोजिसन निकै आरामदायी रहेको छ । झट्टहेर्दा यसको ह्यान्डल केही तल भएजस्तो देखिएपनि राइडर सिटको हाइटका कारण एकदमै सहज रहेको छ । 

अपाचे आरआर ३१० को राइडिङ पोजिसनमा धेरै झुक्नु नपर्ने तथा गियर तथा ब्रेकको पोजिसन बाइकको सेन्टरमा रहेको कारण रेगुलर प्रयोगको लागी उपयुक्त रहेको छ । अपाची आरआर ३१०मा राइडरको सिटिङ पोजिनसका साथै रियर सिटिङ पोजिसन पनि आरमदायी रहेको छ ।

ब्रेकिङ

टीभीएसले आफ्नो यो मस्कुलर बाइकमा डबल च्यानल एबिएस दिइएको छ, जसका कारण बाइकको ग्रिप अत्यन्त राम्रो छ ।  फ्रन्टमा ३०० एमएमको सिङ्गल पेटल तथा रियरमा २४० एमएमको पेटल डिस्क ब्रेक दिइएको छ । जसका कारण राइडरले बाइकलाई उच्च गतिमा पनि सजिलै रोक्न सक्नेछ । 

डिस्प्ले 

अपाचे ३१० मा भर्टिकल डिस्प्ले दिइएको छ । जसमा बाइकको टप स्पीड रेर्कड, गियर इन्डिकेटर, फ्युल इन्डिकेटर, इन्जिन टेम्प्रेचर, टाइम, डेट, रिर्जभ इन्डिकेटरजस्ता धेरै फिचर रहेका छन् । 

हाइस्पीड अर्लट यसमा रहेको अर्को एक उकृष्ट फिचर हो, जसमा राइडरले निश्चित स्पीड सेट गर्नसक्छ । निश्चित गरेको स्पीड बाइकले मिट गरेपछि इन्डिकेटर बल्न सुरु गर्छ जसले चालकलाई आफ्नो गति नियन्त्रण भित्र रहेको थाहापाउन सजिलो हुन्छ । 

यसमा दिइएको डिस्प्लेको ब्राइटनेस अटो एडजस्टेवल रहेको जसका कारण डिस्प्लेमा भएका गतिबिधि जुनसुकै समयमा पनि राम्रोसँग देख्न सकिन्छ । 

इन्जिन

टीभीएस अपाची आरआर–३१० मा ३१२.२ सीसी क्षमताको फोरस्टोक, फोरभल्भ सिङ्गल सिलिन्डर इन्जिन रहेको छ । उक्त इन्जिनले ९७०० आरपीएममा ३४ पीएस पावर तथा ७७०० आरपीएममा २७.३ एनएक टर्क जेनेरेट गर्छ भने, ६ ट्रान्समिसनमको गियरबक्स दिइएको छ । यो बाइकको उच्चगति १ सय ६० किलोमिटर प्रतिघन्टाको रफ्तार रहेको छ । 

निस्कर्ष

देख्दा निकै मस्कुलर देखिने यो बाइक कम सीसीमा बनेको उत्कृष्ट पर्फमेन्स बाइकमा पर्छ । स्पीड चाहनेको लागि केटीएम डियुक ३९० को विकल्पमा ३१२ सीसीको यो बाइक बन्छ । समग्रमा बाइकको लुक्स, कम्र्फट, स्पीड, इन्जिनजस्ता बिषयले जो कोहीलाई लोभ्याउन बाइक सफल हुने छ ।


Back_to_top