काठमाडौं । नेपालको लागि टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ वर्ष २०७८ लाई लक्षित गर्दै टीभीएस वा, वाह्, वाहह् ग्राहक योजना अघि ल्याएको छ ।
यो योजना चैत्र ८ गतेबाट सुरु भएर बैशाख ३१ गतेसम्म चल्ने कम्पनीले जनाएको छ ।
यस योजना अन्तर्गत टीभीएसको कुनै पनि मोटर्साइकल वा स्कुटरकोे खरिदमा १० हजार रुपैयाँसम्म नगद छुट व्यवस्था साथै शून्य प्रतिशत ब्याजदर भएको ‘वा अफर’ रहेको छ । साथै योजनालाई ‘वा’ बाट ‘वाह्’ बनाउन योजनाको समय अवधीमा टीभीएसको कुनैपनि मोटर्साइकल वा स्कुटर खरिद गर्ने ग्राहकहरु मध्ये १ जना भाग्यशाली ग्राहकलाई हरेक १५ दिनमा फेसबुक लाइभ मार्फत एउटा नयाँ टीभीएस अपाचे आरआर ३१० जित्न सक्नेछन् ।
योजना यतिमा मात्र सिमित नभएर ‘वा’ बाट ‘वाह्’ हुँदै वाह्ह्सम्मको थप भव्य बनाउन, योजनाको अन्त्यमा एकजना भाग्यशाली ग्राहकले बम्पर उपहार स्वरुप नयाँ प्रोटोन सागा फेसबुक लाइभ मार्फत प्राप्त गर्नेछन् ।
यो योजना देशमा रहेका सम्पूर्ण टीभीएस शोरुममा लागु हुनेछ ।

