बिना डाउन पेमेन्ट कार, व्याजदर ९ प्रतिशतभन्दा कम !

काठमाडौं । डाट्सनको इन्ट्री लेवल कार रेडी गो खरिद गर्न चाहने कम्पनीले डाउन पेमन्ट नै गर्नु नपर्ने स्कीम संचालन गरिरहेको छ । कम्पनीले सिभिल बैंकसँगको सहकार्यमा यो स्कीम संचालन गरेको जानकारी दिएको छ ।

यो स्कीम कम्पनीको हकमा मात्रै लागु हुने जनाएको छ । व्यक्तिको हकमा ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने छ भने बैंकबाट थप कर्जा लिन चाहने ग्राहकले ओडीमा ५ लाखसम्मको कर्जा सुविधा पाउने छन् ।

यसरी सिभिल बैंकबाट लिएको कर्जामा ९ प्रतिशतभन्दा कम नै व्याज लाग्ने पायोनियर मोटोकर्पले जानकारी दिएको छ । कर्जा सुविधाको अलावा ग्राहकले ७५ हजारसम्मको छुट सुविधा पाउने छन् ।

डाट्सन रेडी गो फेसलिफ्ट कम मूल्यमा आकर्षक डिजाइनको लागि परिचित रहेको छ । कम मूल्य र उच्च ग्राउन्ड क्लियरेन्स रेडी गोको प्रमुख विशेषता हो । रेडी गोको दुई भेरियन्ट एएमटी र टी अप्सनल म्यानुयल मात्र उपलब्ध रहेको छ । रेडी गो म्यानुयल भेरियन्टको मूल्य २३ लाख ९९ हजार रुपैयाँ रहेको छ भने एएमटी भेरियन्टको मूल्य २५ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

यसमा १.० लिटर क्षमताको पेट्रोल इन्जिन उपलब्ध रहेको छ । यसमा रहेको इन्जिनले पनि अधिकतम ५५०० आरपीएममा ६८ पीएस पावर र ४२५० आरपीएममा ९१ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड म्यानुयल र एएमटी गियरबक्स अप्सन उपलब्ध रहेको छ । यसमा १८७ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।


Back_to_top