काठमाडौं । सिप्रदी ट्रेडिङ्ग प्रालिले ६ महिने निःशुल्क अटो इलेक्ट्रिसियन तालिम कार्यक्रम सञ्चालन गर्ने भएको छ । यो सिप्रदीले आयोजना गरेको हालै पाँचौ ब्याच हो । कम्पनीले यसअघि चार व्याचलाई निःशुल्क तालिम दिइसकेको छ ।
यो ६ महिने तालिम सिप्रदीको तालिम केन्द्र, चन्द्रागिरी, काठमाडौँमा हुनेछ भने तालिम अवधिभर तालिम भत्ताका साथै उत्कृष्ट एवं सफल प्रशिक्षार्थीहरुलाई सिप्रदीले नेपालभरि फैलिएका विभिन्न वर्कशपहरुमा रोजगारीको अवसरहरुमा प्राथमिकता दिने जनाएको छ ।
अटो इलेक्ट्रिसियन तालिम लिन चाहने मानिस १८ वर्ष पूरा भई २५ वर्ष ननाघेका १० जना अटोमोबाईल विषयमा टिएसएलसी उत्तिर्ण वा १० कक्षा उत्तिर्ण गरी राष्ट्रिय सीप परिक्षण समितिबाट अटोमोबाईल विषयमा लेवल १ उत्तिर्ण गरेका हुनु पर्ने छ ।
मादण्ड पुगेका योग्य मानिसले २०७७ चैत्र १८ गतेसम्ममा सिप्रदीको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरुमा आवेदन गर्न सक्ने कम्पनीले जनाएको छ । यो निस्शुल्क तालिममा काठमाडौँ उपत्यका बाहिरका स्थानहरु नेपालगञ्ज, महेन्द्रनगर, दाङ्ग, सुर्खेत, इटहरी, विर्तामोड, हेटौडा, विरगञ्ज, र त्रिशुलीका प्रशिक्षार्थीहरुलाई विशेष ग्राहयता दिइने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

