टीभीएसले नयाँ मोटरसाइल सार्वजनिक गर्दै, यस्तो छ बिशेषता र मूल्य

भारतीय चर्चित मोटर कम्पनी टिभीएसले जेप्लीन २२० क्रुजर बाइक सार्वजनिक गर्ने भएको छ ।

पछिल्लो इमिसन मापदन्ड अनुसार निर्माण भइरहेको यो क्रुजर बाइक बीएस–६ इमिशन स्टार्डडमा बजारमा आउने छ । 

मिडिया रिपोर्टका अनुसार यो मोटरसाइकल सन् २०२० मा भारतीय बजारमा सार्वजनिक हुने छ । कम्पनीले दिल्ली अटो एक्स्पो–२०१८ मा पहिलो पटक यो मोटरसाइकल सार्वजनिक गरेको थियो ।

जेप्लीन क्रुजर बाइकमा २२० सीसी, सिंगल सिलिन्डर इन्जिन दिइएको छ । अपाचे आरटीआर २०० बाट प्रभावित यो इन्जिनले २० बीएच पावर तथा १८ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियरबक्स जडान गरिएको छ । 

यस मोटरसाइकलमा २० लिटर फ्यूल ट्यांक क्षमता रहने छ भने, टप स्पीड क्षमता १३० किलोमिटर प्रतिघन्टा रहेको छ । यसले ४४ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीले जनाएको छ । 

बाइकमा यूएसडी फर्क, एलइडी हेडल्याम्प, कम्याक्ट इन्स्ट्रुमेन्ट कन्सोल दिइएको छ जसमा एनालग काउन्टर र डिजिटल रिडआउट राखिएको छ । जेप्लीनमा स्प्लिट सीटसँगै फल्याट ह्यान्डबार, क्यामेराजस्ता फिचर रहने छ । सुरक्षाको दृष्टीले यसमा डुअल च्यानल एबीएस सिस्टम जडान गरिने छ । 

२०२० को पहिलो त्रेमासमा सार्वजनिक गर्ने अनुमान गरिएको यो मोटरसाइकलको मूल्य १ लाख २५ हजार भारतीय रुपैयाँ पर्ने अनुमान गरिएको छ । 


Back_to_top