काठमाडौं । डोटीको आदर्श गाउँपालिका९६ रौसेल्लामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
गए राति डोटीको गिरिचौकाबाट काँडीस्याउलेतर्फ आउँदै गरेको सु.प.प्र. ०१ ००१ च ३९२३ नम्बरको बोलेरो जिप घुम्तीबाट करिब ८०० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा परी आदर्श गाउँपालिका९३ काँडीस्याउलेका करिब २२ वर्षयी चालक सुबोध रोकाया र १९ वर्षीय कैलाश बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
दुर्घटनाको कारण खुलेको छैन ।

