काठमाडौं । नाडा अटो शोमा विभिन्न ५ दर्जन कम्पनीले आफ्नो उत्पादन देखाएका छन् । चाहे मोटरसाइकल होस् वा कार या लाइट कमर्शियल सबैले उत्कृष्ट स्टल बनाउन प्रयास गरेका छन् ।
यी मध्ये एउटा स्कुटर कम्पनी र एउटा कार कम्पनीले अटो शोलाई विशेष बनाउने प्रयास गरेका छन् । यसरी पृथक सन्देश दिएर तयार भएका स्टल हुन् एथर इलेक्ट्रीक टु ह्वीलर र बीवाइडी कारको स्टल ।

बैद्ययज् इनर्जीले आफुले बिक्री गर्दै आएको स्कुटरको सम्पूर्ण पार्टस्हरु बाहिर बाटै सहजै देख्न सकिनेगरी एक्स्रे मेसिनमा राखेको छ । एथरको स्टल अवलोन गर्नेले उक्त स्कुटर कसरी निर्माण भएको हो भन्ने कुरा सहजै अनुमान गर्न सक्छन् ।
अर्को बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंकले आफ्नो स्टलमा ‘प्लेटफर्म ३.०’ प्रदर्शनीमा राखेको छ । त्यहि प्लेटफर्ममा उत्पादन भएका गाडी अहिले कम्पनीले बिक्री गर्दै आएको छ । उक्त प्लेटफर्मलाई राम्रोसँग नियाल्ने हो भने बीवाइडीका गाडी कसरी बनेका छन् भन्ने अनुमान लगाउन सकिन्छ ।

उसोत बीवाइडीले अघिल्लो पटक ब्लेड ब्याट्रीको संकेतिक प्रदर्शनी गरेको थियो । त्यसपछि नै हरेक उपभोक्ता ब्लेड ब्याट्रीको चर्चा सुरु गरेका थिए ।

