उबर संस्थापकले आइपीओ मार्फत ३५ करोड डलर कमाउँदै

राइड सेयर कम्पनी उबर टेक्नोलोजीले आइपीओ जारी गर्नका लागि ९१.५ अर्ब डलरको मुल्याङकन गर्ने लक्ष्य लिएको छ । यो पछिल्लो समय अमेरिकामा जारी भएको ठूलो आइपिओ हुनेछ ।

उबरले इन्भेष्टमेन्ट बैंकरहरुको १२० अर्ब डलरको कुल मुल्याङकनको सुझावभन्दा केही तलै राख्ने निर्णय गरेको छ कम्पनीले ।

उबरको प्रतिस्पर्धी ‘लिफ्ट’को सेयर बजारमा उती राम्रो प्रर्दशन भने छैन । सेयर कारोबार शुरु भए पछि कम्पनीको सेयर मूल्यमा २० प्रतिशतको गिरावट आइसकेको छ । लगानीकर्ताहरु कम्पनीको नाफालाई लिएर त्यति ढुक्क छैनन् ।

लिफ्टले २४.३ अर्ब डलरको मुल्याङकन गरेको थियो, जुन कम्पनीको कारोबार भन्दा ११ गुणा धेरै थियो । उबरले भने करोबारको ८ गुणा मात्र मुल्याङकन गर्ने लक्ष्य लिएको छ ।

उबरको प्रति सेयर मूल्य ४४ देखी ५० डलरसम्म हुने अनुमान गरिएको छ । कम्पनीले बजारबाट ९ अर्ब डलर उठाउनका लागि १८ करोड कित्ता सेयर जारी गर्दैछ । यस्तै, हालका लगानीकर्ताले थप २ करोड ७० लाख कित्ता सेयर बिक्री गर्दैछन् ।

रोयर्टसका अनुसार उबरको कुल सार्वजनिक निष्कासन १० अर्ब डलरको हुनेछ । यो चाइनिज कम्पनी अलिबाबा पछिको सबैभन्दा ठूलो प्राइमरी निष्काशन हुनेछ ।

उबरको कुल निष्काशन मध्ये संस्थापकद्धय ट्राभिस कालानिक र ग्यारेट क्याम्पले आफ्नो झण्डै ७० लाख कित्ता सेयर बिक्री गर्दैछन् । यसको मतलब आइपीओको मूल्य माथि भनिएबमोजिम तोकिए उनीहरुको खल्तीमा झण्डै ३५ करोड अमेरिकी डलर जानेछ ।

उबरका लागि लगानीकर्ताका केही प्रश्नहरु छन्, नाफाका सर्न्दभमा । अनी स्वचालित गाडीहरु बन्ने होडमा कम्पनीको कार्ययोजनाका बारेमा पनि ।

सन् २०१९ को पहिलो त्रैमाससम्म कम्पनीले ३ अर्ब डलरको कारोबार गरेको छ भने १ अर्ब डलरको घाटा ब्यहोरेको छ । 


Back_to_top