युक्रेनीले लगाए आफ्नो महंगो बीएमडब्लूमा ‘मेशिन गन’ (भिडियोसहित)

काठमाडौं । विगत २२ दिनदेखि युक्रेन र रसिया बीच युद्ध भइरहेको छ । रसियन सेनाले लगातार आक्रमण तिब्र बनाउँदै लगेसँगै युक्रेनीहरुले आफ्ना महंगा गाडीलाई मोडिफाइ गरेर ‘मेशिन गन’ जडान गरेका हुन् ।

युक्रेनको मायकोलाइव सहरका स्थानियवासीले रुस विरुद्ध लड्न बीएमडब्लू ६ सिरिजलाई मोडिफाइ गरेका हुन् । उनिहरुले गाडीमा ट्रंक माउन्टेड मेशिन गन जडान गरेका छन् ।

 

युक्रेन विपेन्स ट्रेकर नामक ट्विटर एकाउन्टमा यसको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक भएको भिडियोमा बीएमडब्लू ६ सिरिज कन्भर्टिबल मोडलमा निकै मिहिनेत साथ मेशिन गन जडान गरेको देख्न सकिन्छ ।

बीएमडब्लूको भि८ इन्जिन प्रयोग भएको यो एसयूभी निकै पावरफुल रहेको छ । युक्रेनीहरुले यसलाई रुसी ट्याङक रोक्न प्रयोग गरिरहेको बताइन्छ । यसको स्पीड ट्याङकभन्दा धेरै हुने भएकाले यसको प्रयोग गरिएको हुन सक्ने अनुमान गरिएको छ । यद्यपि, यो कार ट्याङकको तुलनामा सुरक्षाको हिसावले निकै जोखिमपूर्ण मानिन्छ ।


Back_to_top