काठमाडौं । युएम ‘एक्स्ट्रीट २५० एक्स’ मोटरसाइकल उत्पादन सुरु भएको छ । यो वाइकको डिजाइन ‘केटीएम ड्युक २००’ जस्तै देखिएको छ ।
तथापी कम्पनीले यसमा केहि फरक पन भने दिएको छ । युएम ‘एक्स्ट्रीट २५० एक्स’को अधिकांश डिजाइन पुरानो मोडल जस्तै रहेको छ । यसमा दिइएको इन्धन ट्याङ्की पुरानै प्रयोग गरिएको छ भने, ट्रेल्स फ्रेम, स्प्लिट सिटजस्ता फिचर नयाँ दिइएको छ ।
युएम ‘एक्स्ट्रीट २५० एक्स’मा अगाडि मोनोसक दिइएको छ । ब्रकिङ सिस्टमकोलागि अगाडि र पछाडि दुबै डिस्ब्रेक दिइएको छ । साथै बाइकमा एबीबीएस फिचरसमेत दिइएको छ । यो वाईकमा दिइएको फ्युल ट्याङ्कीमा ११ लिटर पेट्रोल अट्ने छ ।
युएम ‘एक्स्ट्रीट २५० एक्स’ मा २२३ सीसीको इन्जिन दिइएको यसमा ५ स्पिड गिएर दिइएको छ भने, वाइकले १६ बीएचपी पावर र १९.६ एनएम टर्क उत्पन्न गर्छ ।