‘एनएस-१६०’मा थपियो फिचर

काठमाडौं । बजाज पल्सर एनएस १६० अपडेटसहित सार्वजनिक भएको छ । बजाजले नयाँ एनएस १६० मा तीन राइड मोड थप गरेर भारतमा सार्वजनिक गरेकाे हो ।

कम्पनीले यसमा रोड, रेन र अफरोड मोड दिइएर ल्याएको हो । यी मोड अनुसार यसमा प्रयोग भएको एबीएसको पर्फमेन्स पनि फरक हुन्छ । रेन मोडमा एबीएसको सेन्सिसिटभिटी बढाउँछ । त्यसैले चिप्लो सडकमा चिप्लिनबाट जोगाउँछ । अफरोड मोडमा भने यसको सेन्सिटिभिटी कम हुन्छ ।

यो मोटरसाइकलले सिधा अपाचे आरटीआर १६० फोर भीसँग प्रतिस्पर्धा गर्छ । अपाचेमा अर्वान, रेन र स्पोर्टस् मोड दिएको छ । यसको अर्को प्रतिस्पर्धी मोटरसाइकल हिरो एक्स्ट्रीम १६० फोर भीमा भने कुनै राइड मोड पाइदैन ।

२०२५ पल्सर एनएस १६० मा राइड मोडका अलावा, स्मार्ट केनेक्ट फिचर उपलब्ध छ । यसमा टर्न वाइ टर्न नेभिगेसन, कल÷एसएमएस अर्लट, डिस्ट्यान्स टू इम्पिटी, गियर इन्डिकेटर, एभरेज फ्यूल इकोनोमी, रियल टाइम फ्यूल इकोनोमी जस्ता फिचर उपलब्ध छन् । यसमा यूएसबी चार्जिङ पोर्ट समेत दिइएको छ ।

यसमा अग्रेशिभ एलएइडी हेडल्याम्प, एलइडी लाइट, यूएडी फर्क सस्पेन्सन, ग्रिमिका ब्रेक क्यालिपर, नयाँ ग्राफिक तथा ४ नयाँ कलर अप्सन उपलब्ध छ ।

यो बाइकमा १६० सीसी फोर स्ट्रोक, आयल कुल्ड, इन्जिन रहेको छ । यसले १७.२ पीएस पावरका साथै १४.६ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीड गियरबक्स जडान गरिएको छ । कम्पनीले २०२५ माडल पल्सर एनएस १६० को मूल्य १ लाख ४९ हजार भारतीय रुपैयाँ तोकेको छ ।


Back_to_top