सेलिब्रेटीहरुलाई डेलिभरी दियो महिन्द्राले आफ्नो चर्चित दुई एसयूभी

काठमाडौं । महिन्द्राले आफ्नो दुई इलेक्ट्रीक एसयूभीको पहिलो लट डेलिभरी गरेको छ । कम्पनीले सांसददेखि सेलिब्रेटीसम्मलाई पहिलो लटबाट गाडी उपलब्ध गराएको हो ।

कम्पनीले पहिलो गाडी सांसद मिलिन्द देवरालाई हस्तान्त्रण गरेको थियो । देवराले बीई-६ एसयूभी लिएका हुन् । चर्चित सिनेमा निर्देशक अनुराग कश्यपले पनि आफ्नो पहिलो गाडी लिए । उनले एक्सइभी ९ ई मोडल खरिद गरेका थिए ।

भारतीय एसयूभी एक्सपर्ट महिन्द्राले डेलिभरी सुरु गरेको दुबै मोडलमा ७९ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री छ । जसले सडकमै गुडाउँदा ५०० किलोमिटर माथि रेन्ज दिने कम्पनीको दावी छ ।

महिन्द्रा ‘बीई-६ र एक्सईभी-९ई दुबै मोडलमा समान २०७ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ । मोर्डन क्याविन उपलब्ध दुबै एसयूभी निकै चर्चा कमाउन सफल मोडल हो ।

फ्लस डोर ह्याण्डल, बडीमा प्रसस्तै एजहरुको प्रयोग र एलइडी लाइटको ब्यापक प्रयोग भएका दुबै एसयूभी महिन्द्राले इनग्लो प्लेटफर्ममा तयार पारेको हो ।

क्वालकमले बनाएको स्न्यापड्रागन ८२९५ प्रोसेसर, २४ जीबी र्याम र १२८ जीवी स्टोरेज रहेको इन्फोटेन्टमेन्ट सिस्टम तिब्र गतिमा चलाउन मिल्छ । फ्ल्याटवटम स्टेरिङ ह्वील, वायरलेस चार्जर, पानारोमिक सनरुफ उपलब्ध छ ।

हर्मन कार्डनको १६ स्पीकर, ड्यूल जोन क्लाइमेट कन्ट्रोल, मल्टीकलर एम्बीयन्ट लाइट, ५ जी कनेक्टीभीटी, लेभल २ एडास फिचर, ३६० डिग्री क्यामेरा, ७ एयरब्याग जस्ता फिचरले दुबै एसयूभीलाई अब्बल बनाएको छ ।

कम्पनीले यसलाई २१० किलोवाटको मोटरमा ल्याएको हो । दुबै मोडलको टर्क भने समान ३८० एनएम छ । महिन्द्राले १७५ किलोवाटको डिसी फास्ट चार्जर सपोर्ट गर्नेगरी यसलाई बजारमा ल्याएको हो । यसलाई २० देखि ८० प्रतिशत चार्ज गर्न केबल २० मिनेट लाग्ने कम्पनीको दावी छ ।


Back_to_top