काठमाडौं । अमेरिका र इरानले युद्ध अन्त्य गर्ने घोषणा गरेका छन् । लामो समयदेखि चलिरहेको युद्धको कारण विश्वकै अर्थतन्त्रमा ठूलो असर परिरहेको थियो ।
नेपाल जस्ता देशमा इन्धनको मूल्य आकाशिँदा हरेक भान्सामा त्यसको असर परेको पर्दै आएको छ । अमेरिका र इरानको बीचमा मध्यस्थकर्ता गर्दै आएको पाकिस्तानले पनि एतिहासिक सहमति भएको बताएको छ ।
साथै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी कूटनीतिज्ञहरूले पनि युद्ध अन्त्य भएको पुष्टि गरेका छन् । युद्ध अन्त्यको घोषणासँगै कच्च तेलको मूल्यमा उच्च गिरावट आएको छ । अहिले डब्लूटीआइ क्रुड र ब्रेन्ट क्रुडको मूल्यमा ५ प्रतिशतले गिरावट आएको छ । ब्रेन्टको मूल्य प्रति ब्यारल ८३.६८ डलरमा कारोबार भइरहेको छ ।
सम्झौताको घोषणा गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ’इरानसँगको सम्झौता अब पूरा भएको छ । सबैलाई बधाई! म यसैसाथ ’स्ट्रेट अफ होर्मुज’ खुला गर्न र अमेरिकी नौसेनाको नाकाबन्दी तुरुन्तै हटाउन पूर्ण अनुमति दिन्छु । विश्वका जहाजहरू हो, आफ्ना इन्जिन सुरु गर, अब तेल बग्न देऊ!’


