काठमाडौं । क्रूज कन्ट्रोललार्इ कतिपय देशमा गतिनियन्त्रक, स्वतन्त्रगति वा केहि देशहरूमा टेम्पोमेट भनिन्छ। यो एक यस्तो प्रणाली हो जसले स्वचालित रूपमा गाडीको गति नियन्त्रण गर्छ।
यो प्रणाली एक सर्भोमेकानिजम हो, जसले गाडीको गतिलार्इ चालकद्वारा सेटगरिएकै गतिमा सवारीको गति बनाइराख्न प्रयोग गरिन्छ ।
आधुनिक क्रूज कन्ट्रोलको आविष्कार सन् १९४८ मा मेकानिकल इन्जिनियर तथा प्रख्यात आविष्कारक राल्फ टिेटरद्वारा गरिएको हो । उनि पाँच बर्षको उमेरमा एक दुर्घटनामा परि अन्धो भएका मानिस थिए ।
उनले पेंसिल्वेनिया विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङमा स्नातक गरेका थिए । उनलार्इ यो आविष्कारको प्ररेरणा आफ्नो वकीलद्वारा संचालित कारमा सवारीगर्दाको फ्रस्टेसनले उत्पन्न गराएको थियो ।
उनको वकिलले कुरा गरिरहँदा कुराको गति अनुसार स्पिड बढाउने वा घटाउने गर्थे त्यसैबाट यसको जन्म भएको हो । सन् १९५८ मा क्रिसलर इम्पीरियलमा पहिलो क्रूज कन्ट्रोलको प्रयोग भएको थियो ।
यो फिचर विशेषत हार्इवेमा सवारी चलाउदा धेरै प्रयोगमा आउँछ । यसको प्रयोग गरेर हार्इवेमा सवारी चलाउदा एक्सीलेटर थिचिरहनु पर्दैन, सवारि अफै एक स्थिर गतिमा चलिरहन्छ । आजकल महड्गा बार्इककरूमा समेत क्रूज कन्ट्रोलको फिचर राख्न थालिएको छ ।
बिशेषत सवारीमा क्रूज कन्ट्रोलर र स्पिड लिमिटर दुर्इवटा प्रविधिको प्रयोग गरिएको हुन्छ । क्रूज कन्ट्रोलरले सवारीसाधनको स्पिड समान गतिमा राख्ने काम गर्छ भने, स्पिड लिमिटरले सवारीको गतिलार्इ निर्धारण गरेको भन्दा माथी जान दिदैन ।
क्रूज कन्ट्रोलको प्रयोगबाट हार्इवेमा अरामदायी तरिकाले सवारीसाधन चलाउन सहयोग पुर्याउँछ । क्रूज कन्ट्रोलफिचरको प्रयोगले सवारीको स्पिडलार्इ सेटगरिए बमोजिम कायम राख्न सहयोग गर्छ ।
अगाडिको सवारीलार्इ ओभरटेक गर्नुपरेमा स्पिड बढाएर ओभरटेक गरिसकेपछि एक्सिलेटर छोड्दा क्रूज कन्ट्रोललमा सेट गरिएकै स्पिडमा सवारी गुड्न थाल्दछ । क्रूज कन्ट्रोलको प्रयोगमा ब्रेक दवाएमा वा क्लच दवाएर गियर चलाएमा यो फिचर स्वत बन्द हुन्छ ।
प्रविधिको विकाससँगै एडाप्टिभक्रूज कन्ट्रोलको फिचर पनि प्रयोग हुन थालेको छ । यस फिचरले सवारीमा राखिएको सेन्सर क्यामरा रडारको मद्दतले आफु अगाडि चलिरहेको सवारिको स्पिडको अधारमा अफ्नो सवारीको गति नियन्त्रित हुने गर्छ । अगाडि चलिरहेको सवारीले ब्रेक लगाएमा अफ्नो सवारीको गति सोहि अनुसार घटाउने काम गर्छ । अगाडिको सवारीसँग निश्चित दुरी कामय राखेर आफ्नो सवारीसाधन गुड्छ ।
त्यस्तै यदि स्पिड लिमिटर सेट गरेर सवारी चलाएमा जतिनै एक्सिलेटर थिचेपनि सवारीको स्पिड बड्दैन सोहि स्पिडमा सवारी गुड्दछ यसको प्रयोग स्पिड लिमिट गरीएको बाटोमा उपयुक्त हुन्छ ।
यो फिचर हार्इवेको लागि बनार्इएको हुनाले सामान्यतया यसको प्रयोग ३० किमीको स्पिड लेवलबाट मात्र उपयोग गर्न सकिन्छ । तर अचानक गाडीको स्पिड बडाउनुपर्ने अवस्था अएमा एक्सिलेटरलार्इ छिटोछिटो दुर्इ तिन पटक थिचेमा स्पिडलिमिट भन्दा बढि स्पिडमा सवारी चलाउन सकिन्छ । यो फिचरको प्रयोगले स्पिडलिमिट ब्रेक गरेको अभियोगमा ट्राफिकको जरिवानाबाट बच्न सकिन्छ ।
क्रूज कन्ट्रोलको फाइदा
–लामो ड्राइभको लागि यो बढी उपयुक्त हुन्छ । चालकलार्इ थकानको महसुस कम गराउँछ ।
–यसको प्रयोगले अचेतपूर्वक गति सीमा उल्लङ्घन गर्नबाट बच्न सकिन्छ । जो चालक अचेतरूपमा राजमार्गमा यात्राको स्पिड बढाउँछ, त्यस्ता ब्यक्तिहरूलार्इ तीव्र गतिबाट हुनसक्ने दुर्घटनाबाट बच्न यसले सहयोग गर्छ ।
–माइलेज बढ्छ ।
यसका बेफाइदा
–घुमाउरो बाटाहरूमा बडी स्पिडको कारण दुर्घटनाहुन सक्ने ।
–बर्षाद वा शितयुक्त मौसममा बडी स्पिडको कारण टायरले ग्रिप गुमाउन सक्ने ।
–ड्राइभिङमा कम ध्यान दिन ड्राइभरहरूलाई प्रोत्साहन दिन्छ जसले दुर्घटनाको खतरा बढाउँछ ।