सवारीसाधन नाकामै धोएपछि मात्र काठमाडौं आउन पाउने

काठमाडौं । सरकारले काठमाडौं प्रवेश गर्ने सवारी नाकामा अनिवार्य धोएर मात्र आउन पाउने व्यवस्था गर्ने भएको छ । सडकको किनारालाई खुला माटोरहित बनाउन यस्तो नीति लिइन लागिएको हो । 

सरकारको आगामी आवको नीति तथा कार्यक्रम संघीय संसदमा शुक्रबार प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो बताएकी हुन् । काठमाडौंका सडकलाई धुलोरहित बनाउने भन्दै यस्तो घोषणा गरिएको हो ।

सरकारले काठमाडौं उपत्यका छिर्ने सबै नाकामा सवारीलाई सफा गर्न स्वचालित सफाइ प्रणाली जडान गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । हाल काठमाडौंमा धुलो र हिलोको समस्या धेरै छ । धुलोलाई स्रोतबाटै नियन्त्रण गर्ने गरी सरकारले यस्तो घोषणा गरेको हो ।


Back_to_top