काठमाडौं । पछिल्लो समयमा हुन्डाईको पोर्टफोलियोमा भेन्यूकाे हिस्सा राम्रो हुँदै गएको छ । चालु आवको तीन महिनाको आयात तथा बिक्रीको तथ्यांक अनुसार नेपाली बजारमा हुन्डाईको भेन्यू क्रेटा पछिको दोस्रो धेरै संख्या देखिन्छ ।
नेपालको लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले भेन्यू एसेम्ब्ली नेपालमै गर्न थालेपछि यसको चासो र चर्चा धेरै भएको शोरुमका सेल्स अफिसरहरू बताउँछन् । नेपालमा बनेपछि मूल्यमा समेत गिरावट आएपछि भेन्यू अझै अफोडेबल भएको छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टलका जनरल मेनेजर दीपक थपलियाले यस तथ्यलाई थप पुष्टी गरेका छन् । उनका अनुसार अघिल्लो वर्षसम्म हुन्डाईको सेल्समिक्समा क्रेटापछि ग्राण्ड आई १० नियोस हुने गरेकोमा यस वर्षबाट क्रेटा पछि भेन्यू धेरै बिक्ने मोडल भएको छ । कम्प्याक्ट एसयूभी सेग्मेन्टको भेन्यूू घरमा सानो पार्किङ स्पेश, गल्लीको बाटो हिँड्नु पर्ने अवस्था तथा स्पेशिएस क्याबिन खोज्ने ग्राहकहरूको रोजाइमा पर्ने गरेको थपलियाले बताए । अझ पछिल्लो फेसलिफ्ट पछि भेन्यूमा थपिएको स्टाइल, अत्याधुनिक फिचर तथा इफिसियन्सीको राम्रो संयोजनले यसलाई एक स्मार्ट प्याकेजको रूपमा अफर गर्न सकिएको छ ।
पछिल्लो समयमा नेपाली बजारमा भेन्यूको माग बढ्नुका केही कारणहरू हामीले पत्ता लगाउने प्रयास गरेका छौं ।
१. नयाँ डिजाइनको एक्सटेरियर

हुन्डाईले सन् २०२४ मा भेन्यूको मिडलाइफ फेसलिफ्ट गरेपछि यसको रियर तथा फ्रन्ट फेसिया आकर्षक भएको छ । यसको फ्रन्ट लुक्समा ठूलो साइजको क्रोम ग्रिलको प्रयोगले अझै बोल्ड देखिएको छ । यसको इन्टिग्रेटेड टर्न लाइट सहितको स्प्लीट हेडलाइट नयाँ बम्पर तथा स्किड प्लेटले यसलाई फ्रेस लुक्स दिएको छ । नयाँ डिजाइनको अलोय ह्वील ब्ल्याक आउट रूफरेलले यसलाई अझ आकर्षित देखाएको छ । यसको युनिक डिजाइनको कनेक्टेड टेलल्याम्पले यसको रियर लुक्स समेत आइक्याची बनाएको छ ।
२. पावरफुल तर इफिसियन्ट इन्जिन
हुन्डाई भेन्यूमा प्रयोग भएको १.२ लिटरको ४ सिलिण्डर तथा १.० लिटरको ३ सिलिण्डर टर्बो इन्जिन एक उत्कृष्ट कम्बिनेशन हो । यो इन्जिन रिफाइन, रेस्पन्सीभ तथा इफिसियन्ट रहेको छ । भेन्यूको यो इन्जिनले नेपालको सहरी बाटोहरूमै १२ किलोमिटर प्रतिलिटरको माइलेज दिइरहेको छ । अझ यसको सानो १.० लिटरको टर्बोचार्ड इन्जिनले लो आरपीएम पनि उत्कृष्ट टर्क दिन्छ ।
३. प्रिमियम तथा टेकप्याक क्याबिन

भेन्यूको इन्टेरियरमा क्वालिटी मेटेरियल तथा टेक्नलोजीको पर्फेक्ट कम्बिनेसन रहेको छ । यसको क्याबिनमा सफ्ट टच सर्फेस, स्टाइलिस डेनिम तथा लेदरेट सिट फेब्रिक प्रयोग भएको छ । यो एसयूभीमा ८ इन्चको स्ट्याण्डर्ड टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टम रहेको छ । यसमा एप्पल कारप्ले तथा एण्डरोइड अटोको कनेक्टिभिटीले एप र म्युजिक प्रयोग गर्न सहज बनाएको छ । यसमा थपिएको एम्बियन्ट क्याबिन लाइट, अटोमेटिक क्लाइमेट कन्ट्रोल तथा ब्लुलिङ्क कनेक्टेड सर्भिसले अझ प्रिमियम बनाएको छ ।
४. फन फर राइड एण्ड ह्याण्डलिङ
हुन्डाई भेन्यूमा मोर्डन कम्प्याक्ट एसयूभीमा पाइने सबै सुविधा रहेको छ । यसको स्टेरिङ रेस्पन्स टर्नहरूमा अनुभव गर्न सकिन्छ । त्यस्तै, यसमा रहेको सस्पेसनले सबै खाले बाटाहरूमा उत्कृष्ट पर्फमेन्स दिन्छ । साथै यसमा दिएको १९५ एमएमको ग्राउण्ड क्लियरेन्सले कच्ची बाटाहरूमा चलाउन दुई पटक सोच्नु पर्दैन ।

५. सेफ्टीका लागि स्ट्याण्डर्ड ६ एयरब्याग
पछिल्लो समयमा कार खरिद गर्न चाहनेहरूको प्राथमिकतामा सेफ्टी पर्न थालेको छ । कम्पनीहरूले आफ्नो कार कति सेफ छ भनि विज्ञापन गर्न थालेका छन् । हुन्डाईले भेन्यूमा स्ट्याण्डर्ड ६ वटा एयरब्याग दिएर आफू प्यासेन्जरको सेफ्टीमा कन्सर्न रहेको पुष्टी गरेको छ । यसका अलावा यो एसयूभीमा स्टेबिलिटी कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल, ईबीडी, एबीएस, टायर प्रेसर मोनिटरिङ सिस्टम, रियरभ्यू क्यामरा, कर्नरिङ लाइट जस्ता हाइटेक सेफ्टी फिचरहरूले चालकलाई थप कन्फिडेन्ट दिएको छ ।

