भिनफास्टको भी ६ र भी ७ एसयूभी ९ दिनमा लन्च हुने

काठमाडौं । भियतनामी न्यू इनर्जी भेहिकल उत्पादक भिनफास्टले भारतीय बजारमा दुई मोडलको बिक्री सुरू गर्ने भएको छ ।

कम्पनीले सेप्टेम्बर ६ भिनफास्टको भीएफ ६ र भीएफ ७ लन्च गर्ने भएको हो । यी दुवै मोडल तामिलनाडुको प्लाण्टमा एसेम्बल भएको हो । कम्पनीले स्थानीय रुपमा उत्पादन गरेको पहिलो मोडल भने भीएफ७ रहेको थियो ।

भिनफास्टको यी दुवै मोडल एसयूभी हुन् । कम्पनीले गत जुलाइ १५ बाटै २१ हजार भारतीय रुपैयाँ लिएर बुकिङ सुरू गरेको थियो । भिनफास्टको भीएफ ६ ले भारतीय बजारमा बिक्री भइरहेको महिन्द्रा बीई ६, टाटा कर्भ ईभी, हुन्डाई क्रेटा ईभी लगायत मोडलसँग प्रतिस्पर्धा गर्नेछ ।

भीएफ ६ मा ५९.६ किलोवाट आवरको ब्याट्रीप्याक र २०४ हर्स पावर दिने १५२ किलोवाटको फ्रन्टह्वील ड्राइभ मोटर रहेको छ । यो ईभीको डब्लूएलटीपी रेन्ज ४८० किलोमिटर रहेको छ ।

त्यस्तै ठूलो साइजको भीएफ ७ महिन्द्राको एक्सईभी ९ ई र टाटाको ह्यारियर ईभीसँग प्रतिस्पर्धा गर्ने मोडल हो । भीएफ ७ टुह्वील ड्राइभ र फोरह्वील ड्राइभ दुवै अप्सनमा उपलब्ध हुनेछ ।

भीएफ ७ मा ७०.८ किलोवाट आवरको ब्याट्रीप्याक रहेको छ । टुह्वील ड्राइभमा २०४ हर्सपावर दिने १५२ किलोवाटको फ्रन्टह्वील ड्राइभ मोटर र फोरह्वील ड्राइभमा ३५० हर्सपावर दिने दुई २६० किलोवाटको मोटर रहेको छ । भीएफ७ को डब्लूएलटीपी रेन्ज टुह्वील ड्राइभको ४५० किलोमिटर र फोरह्वील ड्राइभको ४३१ किलोमिटर रहेको छ ।


Back_to_top