टीभीएसको नयाँ इलेक्ट्रीक स्कुटर सार्वजनिक, मूल्य १ लाखभन्दा कम

काठमाडौं । भारतको दुईपाङ्ग्रे सवारी साधन निर्माता टीभीएस मोटर्सले नयाँ इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको छ।

कम्पनीले टीभीएस अर्बिटर नाम दिएर नयाँ स्कुटर भारतीय बजारमा उपलब्ध गराएको हो । टीभीएसको आइक्यूब इलेक्ट्रीक मोडल पछिको अर्बिटर दोस्रो मोडल हो ।

यो सिंगल भेरियन्टमा मात्रै आएको छ । आइक्यूबको भने बजारमा धेरै भेरियन्टमा उपलब्ध छन् ।

मुख्यगरी अर्बिटर बजेट फ्रेन्ड्ली इलेक्ट्रीक स्कुटर सेग्मेन्टका ग्राहकहरूलाई मध्येनजर गरी निर्माण गरिएको स्कुटर हो । यसमा एकदमै सिम्पल बक्सी डिजाइन पाउन सकिन्छ । अर्बिटर स्कुटरको मूल्य ९९ हजार ९०० भारतीय रुपैयाँ मात्रै कायम गरिएको छ । कम्पनीका अनुसार यो भारतकै सबैभन्दा उत्कृष्ट मध्यको एक एरोडायनामिक स्कुटर हो।

टीभीएसको नयाँ स्कुटर अर्बिटरले १५८ किलोमिटरसम्मको आइडीसी रेन्ज दिने ३.१ किलोवाट आवरको ब्याट्री छ, जुन आइपी ६७ रेटिङका साथ आउँछ।

कम्पनीले यस स्कुटरमा निकै उत्कृष्ट सेग्मेन्ट पहिलो सुविधा जनक फिचहरू प्रदान गरेको छ भने ६ ओटा कलर अप्सन दिएको छ ।

यसमा टीभीएस कनेक्ट एप सहितको कलरफुल डिस्प्ले, पूरा एलईडी लाइट सेटअपका साथ एलईडी डीआरएल, ब्लुटूथ कनेक्टिभिटी सिस्टम, टर्न बाई टर्न नेभिगेसन, लाइभ लोकेसन, ओटीए अपडेट, हिल होल्ड, एन्टी थेफ्ट, क्र्यास अलर्ट दिइएको छ ।

साथै, क्रूज कन्ट्रोल, रिजेनेरेटिभ टेक्नोलोजी, मोटर कटअफ टेक्नोलोजी, इको र पावर राइडिङ मोड, रिभर्स मोड, रिभर्स पार्किङ असिस्ट र यूएसबी पोर्ट लगाएतका अत्याधुनिक फिचरहरू छन् ।

१६५ एमएम ग्राउण्ड क्लियरेन्स भएको अर्बिटर स्कुटरमा अलोय ह्वील, फ्ल्याट फ्लोरबोर्ड, ३४ लिटरको बुट स्पेस रहेको छ ।


Back_to_top