काठमाडौं । टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले दैनिक ६२२ रुपैयाँ किस्ता तिर्दा टियागो ईभी किन्न सकिने जनाएको छ ।
थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।
बैंक राष्ट्रिय बाणिज्य बैंकले दिने ६.१० प्रतिशत ब्याजदरमा ईभी कर्जा र ५० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकले दैनिक ६२२ रुपैयाँ किस्तामा टियागो ईभी पाउने छन् ।
टाटाले पन्च ईभी किन्न उपभोक्ताले दैनिक ८०३ रुपैयाँ तिर्नु पर्ने जनाएको छ । यी दुबै ईभीमा ब्याजदर र डाउन पेमेन्ट भने समान हुनुपर्छ । कम्पनीले कर्जा सुविधाको लागि राष्ट्रिय बाणिज्य बैंकसँग सहकार्य पनि गरेको छ ।
टाटाका यी दुबै मोडल निकै सफल मानिन्छन् । टियागो विगत दुई वर्षदेखि निरन्तर बिक्री हुँदै आएको मोडल हो । पन्च ईभीले पनि नेपालमा एक वर्ष पुरा गरिसको छ ।
विगत दुई वर्षमा टियागो ईभी २ हजार २३३ युनिट नेपाली सडकमा गुड्न थालिसको छ । टाटाको पन्च ईभीले पनि एक वर्षको अवधिमा ८९८ युनिट आयात भएको देखिन्छ । जुन नेपालको बजार साइज अनुसार निकै राम्रो हो ।
टाटा टियागो ईभीमा २४ किलोवाट आवरको ब्याट्री र ४८ किलोवाट आवरको मोटर उपलब्ध छ । जबकी पन्च ईभीमा ३५ किलोवाट आवरको ब्याट्री छ । यसमा मोटर भने ९८ किलोवाट क्षमताको छ ।
पन्चको दुई भेरियन्ट अहिले बजारमा किन्न पाइन्छ । जसको इम्पावर्ड लङ रेन्ज भर्सनको ३७ लाख ९९ हजार र इम्पावर्ड (प्लस एस) लङ रेन्जको ३९ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

