भोल्भोको सबैभन्दा सस्तो एसयुभी सार्वजनिक, मूल्य कति ?

काठमाडौं । स्वीस कार निर्माता कम्पनी भोल्भोले भारतीय बजारमा सबैभन्दा सस्तो भनिएको एसयुभी एक्ससी–४० बुधबार सार्वजनिक गरेको छ । यो कारलाई कम्पनीले अहिले एउटामात्र भेरिएन्टमा बजारमा ल्याएको छ । 

भोल्भो एक्ससी–४० को मूल्य ३९ लाख ९० हजार भारु कामय गरिएको छ । यो भोल्भोको सबैभन्दा सानो एसयुभी सेगमेन्टको गाडी हो । भारतीय बजारमा यो एसयुभीलाई विलाशी एसयुभीका रुपमा सार्वजनिक गरेको कम्पनीले जनाएको छ । 

आकर्षक हेडल्याम्प र स्टाइलिस एलइडी डेटाइम रनिङ लाइट यो गाडीमा रहेको छ । भोल्भो एक्ससी–४० को इन्टेरियर प्रिमियम गाडीको जस्तै छ । ९ इन्चिको डिस्प्लेट रहेको कारमा एन्ड्रोइड तथा एप्प दुवैका डिभाइस सपोर्ट गर्छ । 

भोल्भो एक्ससी४० मा ७ वटा एयरब्याग र रोड असिस्टेड विशेषतासमेत रहेका छन् । यो गाडी भारतीय बजारमा डिजेल भर्सनमा मात्र उपलब्ध रहेको छ । भोल्भो एक्ससी–४० मा २.० लिटरको ४ सिलिन्डर टर्बोचार्ड इन्जिन रहेको छ । जसले १ सय ८७ बीएचपी पावर र ४ सय एनएम टर्क दिन्छ । 

यो गाडीमा ८ स्पिड अटोमेटिक ट्रान्समिसन रहेको छ । यो गाडीले भारतीय बजारमा बीएमडब्लू एक्स१, अडी क्यु३ र मर्सिडिज बेन्ज जीएलएसंग प्रतिस्पर्धा गर्ने बताइएको छ ।


Back_to_top