विवाहलाई यादगार बनाउन दुलहा-दुलहीले यस्तो सवारीसाधन प्रयोग गरेपछि…

प्रत्येक व्यक्तिहरुलाई आफ्नो विवाह समाराह सबैलाई यादगार होस भन्ने चहाना हुन्छ र त्यसको लागि मानिसहरुले विभिन्नन प्रकारको आईडिया लगाउने गर्छन । कोई पानी मूनी गएर विवाह गर्छन भने कोहि मानिसहरु आकाशमा विवाह गर्छन । 

नेपालमा पनि दुलाको गाडी सकेसम्म राम्रो ठूलो तथा पूरा सजावटसहितको हुने गरेको छ । अझ पहुँच हुनेहरुले त घोडासहितको बग्गीमै जन्ती लाने गरेका छन् ।  

कर्नाटको पुत्तुर भन्ने ठाउमा पनि नवदम्पतीले आफ्नो विवाह यादगार बनाउन अनौठो तर सस्तो तरिका अपनाएका छन् । कर्नाटकका चेतन जो पेशाले जेसीबीको ड्राईभर हुन् उनले आफैले चलाउने जेसीबीमा आफ्नो विवाहको जन्ती निकालेका छन् । 

चेतन १० वर्ष अघिदेखि जेसीबीको ब्याकहो चलाउने गर्थे उनले यस जेसीबीमा जन्ती निकाल्ने आईडिया आफ्नो हुनेवाला श्रीमती ममतालाई सुनाए पहिला अनकनाएकी उनि राम्रो हुने भरोशा दिएपछि राजी भएकी थिईन । 

यहाँ फोटोहरुमा हेर्न सकिन्छ की कसरी जेसीबीलाई दुलहाको गाडी जस्तै सजाईएको छ । यसमा फूलमाला तथा बेलुनहरुले सजाईएको थियो । दुलाहा दुलही दुबैजना यसमा बसेर विवाह समारोह स्थलसम्म गएका थिए । 

तर, उनीहरु यसको सिटमा नभई अगाडि रहेको लोडरमा बसेर मज्जाले खुट्टा खसाली खुसीका साथ घर गएका थिए । यो विवाह समारोहमा अन्य सामान्य विवाह जस्तै ब्याण्ड बाजा तथा जन्तीहरु नाज्दै बाजा बजाउदै सामेल भएका थिए तर फरक यति मात्र थियो कि दुलाहा र दुलई जेसीबीमा सवार थिए । 

बाटो भरि सबै मान्छेहरु यो अनौठो प्रकारको जन्ती देखेर अच्चमीत भएका थिए । यो विवाहमा दुला दुलैलाई हेर्न कसैलाई पनि समस्या थिएन किनकी दुलाको सवारी नै यति ठूलो थियो साथै, उनिहरु जेसीबीको अगाडि पट्टी लोडरमा बसेका थिए ।  


Back_to_top