राइज नामबाट आयो इलेक्ट्रीक मोटरसाइकल

भारतीय इलेक्ट्रीक दुईपाङ्ग्रे सवारी उत्पादक कम्पनी इभीट्रिक मोटर्सले राइज नामबाट नयाँ इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक गरेको छ । इभीट्रिक महाराष्ट्रको पुणे वेस स्टाटअप कम्पनी हो ।

कम्पनीले केही दिन अघि इभीट्रिक राइज इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक गरेको हो । कम्पनीले राइज मोटरसाइकलको मूल्य १ लाख ५९ हजार ९९० भारतीय रुपैयाँ निर्धारण गरेर विक्री सुरु गरेको हो ।

यो मोटरसाइकलमा रिमुभएबल ३ किलोवाटको लिथियम आयन ब्याट्री रहेको छ । यो ब्याट्रीलाई फुलचार्ज गर्न ४ घन्टा समय लाग्छ भने, एकपटकको फुल चार्जमा ११० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ । यो मोटरसाइकलको टप स्पीड क्षमता ७० किलोमिटर प्रतिघन्टा रहेको छ ।

राइज इलेक्ट्रीक मोटरसाइकलमा एलइडी डिआरएलसहितको हेडल्याम्प, डिस्क ब्रेक डिजिटल क्लस्टर जस्ता फिचर उपलब्ध छन् ।

इभीट्रिकले तीन मोडलका इलेक्ट्रीक स्कुटरहरु विक्री गर्दै आएको छ भने कम्पनीले १२५ स्थानमा टचपोइन्ट स्थापन गरेको छ ।


Back_to_top