फक्सवागनको नेपालमा १० वर्ष पूरा, नयाँ गाडीमा १० लाखसम्म छुट

काठमाडौं । फक्सवागनले नेपाली बजारमा १० वर्ष पुरा गरेको छ । पुजा इन्टरनेशनलले नेपालमा बिक्री शुरुवात गरेको १० वर्ष पुरा भएको हो । 

सन् १९६०–७० को दशकमा नेपाली सडकमा फक्सवागनको विटल कार तथा भ्यानहरु बाक्लै रुपमा गुडेका थिए । त्यसपछि नेपाली बजारमा नयाँ गाडी आउन बन्द भएकोमा पुजा इन्टरनेशनल नेपालले २००९ बाट नेपालमा पुनः फक्सवागनका गाडीहरु बिक्री वितरण सुरु गरेको थियो । 

‘ग्राहकले नेपाली बजारमा गाडीको मर्मत तथा संभार खर्च अन्य गाडीको तुलनामा अति न्युन रहेको छ’ कम्पनीका सीईओ विबेक विजुक्छे भने । 

उनले कम्पनी बिक्री पछिको सेवामा केन्द्रीत भएको बताउँदै नेपालको १० वटा शहरहरुमा प्रशिक्षित मेकानिक्सहरु सहितको सर्भिस सेन्टर संचालन गरिरहेको जानकारी दिए । 

हाल कम्पनीले भारतीय बजारमा उत्पादन भइरहेको पोलो र भेन्टो गाडी नेपाली बजारमा ल्याएर बिक्री वितरण गरिरहेको छ । साथै जर्मनीबाट ल्याएर टिगुवान, टोरेक, पसाट र एमरक रहेका छन् । 

कम्पनीले नेपाली बजारमा एक दशक पार गरेको अवशर पारेर सुरुवाति १०० जना ग्राहकहरुलाई २५ लाख ९० हजार रुपैयाँमा पोलो कार दिने घोषणा गरेको छ ।

जर्मनीबाट आयात हुने गाडीमा १० लाख रुपैयाँसम्म नगद छुट दिने, तुरुन्त फाईनान्सको सुविधा, फ्रि एक्सेसेरिज, पहिलो वर्षको लागि फ्रि रोड ट्याक्स, एक्सचेञ्ज बोनस, लोएल्टी बोनस, १० बर्षको फ्रि सर्भिसिङ, २ वर्षको निःशुल्क रोड एसिस्टेन्स र चित्त बुझेमा मात्र सर्भिस चार्ज तिरे पुग्ने सुविधा ल्याएको छ ।

साथै कम्पनीले आगामी दिनमा सानो एसयूभी टि–क्रस र बिभिन्न विद्युतीय गाडीहरु ल्याउने योजना बनाएको छ । 


Back_to_top