मारुती सुजुकीले ल्यायो वागेन–आर लिमिटेड एडिसन

मारुती सुजुकीले वागेन–आर लिमिटेड एडिसन भारतीय बजारमा सार्वजनिक गरेको छ । कारमा डबल–डिन ब्ल्यू–टुथ एन्ड यूएसबी अकुपाइड म्युजिक–प्लेयर, रियर पार्किङ्ग सेन्सर, एक्सटेरियर बडी ग्राफिक्सका साथै रियर स्पोइलर लगाइएको छ । 

कम्पनीको वागेन–आरका लागि दुईवटा एशोसरिज अफर ल्याएको छ । भारतीय बजारमा वागेन–आर १.० लिटर पेट्रोल भर्सनमा उपलब्ध छ । यसको इन्जिनमा फाइभ–स्पीड म्यानूअल तथा एएमटी गियरबक्स लगाइएको छ ।

यो कारमा पm्याक्ट्री फिट सीएनजी–किट उपलब्ध रहेको कम्पनीले जनाएको छ । साथै, कम्पनीले हालैमात्रै परीक्षण गरेको नेक्ट जेनेरेशन वागेन–आर भने आगामी वर्ष बजारमा आउने जानकारी दिएको छ ।


Back_to_top