अमेरिकाको ट्रासेन्ड एयर कम्पनीले वासिङ्गटनमा विशेष प्रकारको विमानको प्रोपोटाइप सार्वजनिक गरेको छ । कम्पनीले यस्तो प्रोटोटाइप १५ वटा निर्माण गरेको जनाएको छ ।
कम्पनीले रनवे वा एयरस्ट्रिप विना नै भर्टिकल उडान भर्न सक्ने जहाज निर्माण गर्ने तयारी गरेको हो । यो नयाँ जहाजले आधा घन्टामा ३ सय ५० किलोमिटरको दूरी तय गर्ने कम्पनीले दाबी गरेको छ । कम्पनीकाअनुसार यो जहाज सन् २०२४ बाट ब्यवसायीक बिक्रीमा आउने छ ।
कम्पनीले उक्त जहाजबाट सुरुवातमा अमेरिकाको ४२ वटा प्रान्तमा हवाई सेवा सुरु गर्ने जानकारी दिएको छ । ट्रासेन्ड एयरका चिफ अपरेटिङ्ग अफिसर (सीओओ) पिटर स्मिथले सुरक्षा मापदन्ड निर्माणका लागि केही समय लाग्ने बताएका छन् ।
यसले लस एजिल्सबाट सन्–फ्रान्सिस्को जानका लागि मात्रै ५५ मिनेट र टोरेन्टोबोट मन्ट्रीयल जानका लागि एक घन्टाको समय लगाउनेछ । स्मिथ भन्छन्, ‘यो जहाज नदी, तलाउ, समुन्द्र सतहमा पनि सहजै उत्रन सक्छ । यसका लागि अत्याधिक पैसा खर्च गर्नुुपर्छ भन्ने छैन । यसमा प्राइभेट जेटको जस्तै लूक दिइएको छ ।’
उनले, ३ सय ५० किलोमिटरको यात्रा गर्नका लागि करिब ३ सय डलर खर्च लाग्ने जानकारी दिए । स्मिथकाअनुुसार एयरक्राफ्टमा सीमित स्थानका बाबजुद निकै सुविधा दिइएको उनले बताए ।


