काठमाडौं । लाखौं रुपैयाँ खर्चेर किनिएका कार फोहोर संकलनमा प्रयोग भयोभन्दा तपाईंलाई आश्चर्य लाग्नसक्छ, जुन स्वभाविक पनि हो ।
त्यसरी किनिएका कार बडो संवेदनशील तरिकाले चलाउनुपर्ने हो । तर, केही भारतीयहरू यस्ता देखिएका छन्, जसले लाखौं रुपैयाँ हालेर किनेको कार फोहोर संकलनका लागि प्रयोग गरिदिए ।
महाराजले भनेको समयभन्दा ढीलो डेलिभरी भएकाले उनले उक्त कार फोहोर बोक्न प्रयोग गरेको थिए ।
को हुन् त्यस्ता सन्काह भारतीय, जसले कुन गाडी मगाएका थिए र समयमै नल्याइदिएको भन्दै आएपछि फोहर बोक्न पठाइदिए । डिलरहरूसँगको असन्तुष्टीका कारण अप्रत्यासित निर्णय लिनेहरूको यस्तो छ, इतिहास:
अल्वारका महाराज जस सिंहको कथाबाट धेरै प्ररित हुन्छन् । तिनै महाराजले सोरुमले आफूले मागेको समयमा सवारी उपलब्ध नगराएको भन्दै ७ वटा रोल्स रोयसको नयाँ कार फोहोर संकलनका लागि पठाइदिएको इतिहास छ ।
महाराज १९२० मा इग्ल्याण्डको भ्रमणमा गएका थिए, त्यो समयमा उनी सडकमा रोल्स रोयसको शोरुम हेर्न गएका थिए । त्यहाँ उनले रोल्स रोयसको गाडी राम्रो लागेपछि अर्डर गरेका थिए । महाराजले भनेको समयभन्दा ढीलो डेलिभरी भएकाले उनले उक्त कार फोहोर बोक्न प्रयोग गरेको थिए ।
त्यस्तै, भारतको पुनेका एक व्यवसायीले आफूले किनेको नयाँ टोयोटाको फर्चुनर पनि फोहोर बोक्न पठाएका थिए । पुनेका व्यवसायी हेमराज चौधरीले आफूले किनेको टोयोटा फर्चुनरमा देखिएको समस्या धेरैवटा डिलरसँग बुझ्दा पनि समाधान नपाएपछि आक्रोसित बने । उक्त समस्या उनले किनेपछि देखिएको हो । यो समस्याले आक्रान्त बनेपछि उनले यही वर्षको मार्चमा किनेको फर्चुनर फोहोर संकलनको काम गर्न पठाएका थिए ।
त्यतिमात्र होइन, चौधरीले विलाशी उक्त एसयूभीलाई ‘गार्वेज ट्रक’ का रुपमा पिंपरी–चिंचवड नगर निगम (पीसीएमसी)लाई हस्तान्तरण गरेको घोषणा नै गरेका थिए ।
अर्को पनि त्यस्तै घटना छ । कोटाका एक व्यवसायी राजेश पारेताले आफूले किनेको १० लाख भारुको रेनो डस्टर मोडाकग्राम पञ्चायतलाई फोहोर संकलनका लागि दिएका हुन् । उनले उक्त डस्टर २०१२ मा किनेका थिए । सो गाडीमा विद्युतीय तथा एयर कन्डिसनरमा समस्या देखिएपछि उनले फोहोर संकलनका लागि दिएका थिए ।
केही समयअघि गुरातका एक व्यवसायीले किनेको सेब्रोले बीटमा लेखिएको केही कुरा नबुझेपछि डिलरलाई नै फिर्ता गरेका थिए । त्यस्तै, अर्का व्यापारीले आफ्नो जगुअर एक्सएफ डिलरलाई नै फिर्ता गरेका थिए । त्यसलाई पनि गधाले तान्नेर फोहोर बोक्ने साधन बनाइएको थियो । इकोनोमिक्स टाइमबाट