सर्वाधिक महंगा १० कारमा फेरारीको ७ कार !

काठमाडौं । फरारी जिटीओ २५०ले ५२ मिलियन पाउन्डमा बिक्रि भई सर्वाधिक महङ्गो कारको सुचीमा पहिलो स्थान ओगट्यो।

१९६३ मा उत्पादन भएको यो विषेश कार फरारी जिटीओ २५० ले एक वर्ष पछि नै ‘टुर डे फ्रान्स’ जित्न सफल भएको यस कारको नयाँ मुल्य विश्व अटो क्षेत्रमा नयाँ रेकर्ड हो । 

आफ्नो गेराजमा थुप्रै फरारी कार सङ्ग्रहित गरी राखेका यस विषेश कारका मालिक डेभिड  म्याकनिल हाल वेदर–टेक कम्पनीको प्रमुख कर्यकारी अधिक्रित हुन् । वेदर–टेकले मौसमबाट गाडी सुरक्षित बनाउने प्रविधिमा काम गर्छ। 

युकेको फरारी री–स्टोरेसन स्पेसियलिस्ट डिके इन्जिनियरिङ्गले ९०को दशकमा यस कारलाई पुनर्स्थापित गर्यो। म्याकनिलले यस कारलाई १५ वर्ष आफ्नो स्वामित्वमा राखेका जर्मन रेसिङ्ग ड्राइभर क्रिस्टियन ग्लेजलसँग खरिद गरेका हुन् ।

एंगोलन ग्रान्ड प्रिक्स् अन्य प्रतिस्पर्धामा कैयौँ पटक सहभागि जनाउँदा पनि सबै खाले दुर्घटनाबाट जोगिएको हुँदा यस कारको चर्चा उल्लेखनिय भयो । 

यस कारको हालको वाह्य आवरण सन १९९७ देखि २००० सम्म निकोलस स्प्रिङ्गरको स्वमित्वमा रहदा गुडवुड रिभाइभलमा हेरफेर गरिएको हो ।

दोस्रो महङ्गो कार पनि अक्शनमै बिक्रि भएको थियो। ३१ मिलियन पाउन्डमा बिक्रि भएको यो कार पनि जिटीओ २५० नै हो। ‘जो स्लेसर’ले यो कार लिएर ट्रयाकमा उत्रिएका थिए।

सर्वाधिक महङ्गोमा बिक्रि भएका शिर्ष १० कारहरुमा ७ वटा फरारी छ्न् । जसमध्य ३ वटा त जिटीओ २५० मात्र हो। सर्वाधिक महङ्गो गैर–फरारी चाहिँ  मर्सिडिज बेञ्ज डब्ल्यु १९६ रेसिङ्ग कार हो, जुन २०१३को लिलामीमा २४ मिलियन पाउन्डमा बिक्रि भएको थियो।


Back_to_top