होन्डा फेस्टिभ बोनान्जाको पहिलो विजेता घाेषणा

नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले दशैं, तिहार र छठलाई लक्षित गर्दै ल्याएको “होन्डाको फेस्टिभ बोनान्जा” योजना अन्तर्गत पहिलो विजेता लक्कीड्र मार्फत कार्तिक ५ गते घाेषणा गरेको छ ।

बुटवलको ड्राइभवे व्हिलस् प्रालिबाट होन्डाको डब्लुआरभी खरिद गरेका संजय नेपालले हरेक हप्ता हुने लक्कीड्र मार्फत तीन लाख पचास हजार नगद उपहार प्राप्त गरेका छन् ।

यस योजना अन्तर्गत ग्राहकहरुले होन्डा कारको खरिदमा हात खाली नजाने गरी २ लाखसम्मको नगद छुट, १ वर्षसम्मको लागि फ्रि इन्स्योरेन्स, १ वर्षसम्मको लागि फ्रि रोड ट्याक्स, ३ वर्षसम्मको लागि फ्रि सर्भिसिङ्ग, ३ वर्षसम्मको लागि स्पेयर पार्टसमा ७ प्रतिशतको छुटका साथै अन्य धेरै  आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् ।

यसका साथै हरेक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले ३.५ लाखसम्मको क्यास ब्याक जित्न सक्नेछन् । यो योजना होन्डाको सबै कारमा सिमित अवधिका लागि मात्र लागू गरिएको छ ।


Back_to_top