काठमाडौं । हुन्डाईको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आयोजना गरेको डिजिटल क्याम्पेन ‘हुन्डाई प्रिसियस मोमेन्ट’ को विजेता घोषणा गरिएको छ ।
उक्त योजनाको बिजेता तारिक मानन्धर, सुधिर एसजेबी राणा र अमित बनमाला बनेको कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ । आज थापाथलीस्थित हुन्डाई सोरुममा आयोजित लक्की ड्रमार्फत सो घोषणा गरिएको हो ।
हुन्डाई मिस फ्रेन्डसिप २०१८ सायरा लामा सो लक्की ड्रमा सहभागी भएकी थिइन् । हुन्डाई प्रिसियस मोमेन्ट प्रतियोगिता १४ अक्टोवर देखि १६ नोभेम्वर २०१८ सम्म आयोजना गरिएको थियो ।
परिवारको अमूल्य क्षणहरु समेट्नको लागि हुन्डाई मोर्टसले सो प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा भाग लिनको लागि सहभागीहरुले आफ्नो परिवार तथा मित्रजनहरुसँग अमूल्य क्षणहरु कैद गरी हुन्डाई मोटर्सको आधिकारिक फेसबुक पेजमा पोष्ट गर्नुपर्ने थियो ।
जस मध्ये लक्की ड्रमार्फत बिजेता घोषणा गरिएको छ । प्रतियोगिता अन्तर्गत तारिक मानन्धरले प्रथम पुरस्कारमा एक जोडीको लागि २ रात ३ दिनको चितवनस्थित कसरा रिसोर्टमा बसाई गर्न सक्ने छन् ।
त्यस्ते दोस्रो पुरस्कारमा सुधिर एसजेबी राणाले कुलप्याड कुल १ र अमित बनमालाले तेस्रो पुरस्कारमा कुलप्याड मेगा २.५डी जित्न सफल भएका छन् ।
हुन्डाई प्रिसियस मोमेन्ट प्रतियोगितामा ५ सय सहभागीहरुले भाग लिएको लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ ।


