लाइलेन्स आवेदन आजबाट खुल्ला, यस्तो छ विभागको तयारी

काठमाडौं । यातायात व्यवस्था विभागले असोजको अन्तिमबाट बन्द गरेको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को आवेदन आज शुक्रबारबाट खुलाएको छ । विभागले चाडपर्वको कारण देखाउँदै बन्द गरेको लाइसेन्सको फारम आजबाट खुलेको हो । 

‘लामो समयपछि आवेदन खुलेकाले अनलाईन फारम भर्ने धेरै हुन सक्छन्, त्यसले सर्भरमा समस्या पनि आउन सक्छ । त्यसलाई सहज बनाउन विभागले तयारी गरेको छ’ विभागका सुचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले भने । 

उपाध्यायले अनलाइन फारम भर्दा सेवाग्रहीलाई समस्या नपुगोस भनेर मंगलावार र बुधवार २३ वटा यातायात कार्यालयका कर्मचारीलाई सर्भर संचालनको तालिम दिइएको जानकारी दिए ।

यो पनि पढ्नुस्: भोलिबाट लाइसेन्सको आवेदन खुल्ने, पुरानो स्टकनै ६ लाख

विगतमा ट्रायल परिक्षण पासगरेर बसेका करिब ६ लाख मानिसले अझै कार्ड पाउन सकेका छैनन् । 


Back_to_top