सडक परिक्षणमा देखियो होन्डाको ‘अर्वान ईभी’

होन्डाले २०१७ फ्रयाङ्कफट मोटर शोमा सार्वजनिक गरेको ‘अर्वान ईभी कन्सेप्ट’ कारको उत्पादन सुरु गरेको छ । कम्पनीले उक्त कन्सेप्ट कारलाई यस वर्ष भएको जेनेभा मोटर शोमा पनि शोकेस गरेको थियो । 

कम्पनीले आफ्नो अर्वान इलेक्ट्रीक कारको उत्पादन र सडक परिक्षणलाई अगाडि बढाएको अनतर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् । 

नयाँ उतपादन मोडल कन्सेप्टमा देखाएको तुलनमा केही ठूलो बनाएको छ । ५ वटा ढोकाको प्रयोग गरिएको यो कारमा ५ जनाले सहज यात्रा गर्न सक्ने छन् । कारको अगाडिको भाग कर्भि डिजाइनमा निर्माण गरिएको छ । जुन कन्सेप्ट मोडलको तुलनामा केही फरक रहेको छ । 

कम्पनीले अगाडिको डिजाइन परिर्वतन गर्नुमा सुरक्षा मापदन्ड पुरागर्न र युरो एन क्यापमा कारको पर्फमेन्स उच्च राख्न खोजिएको जनाएको छ । 

गोलो हेडल्याम्प र नयाँ फ्रन्ट बम्परको प्रयोग गरिएको कारमा पछाडिको टेल ल्याम्प र बम्पर कन्सेप्ट कारको जस्तै बनाइएको छ । 

यस मोडलमा कन्भेन्सनल मिररको प्रयोग गरिएको छैन । यसमा अडी इ–ट्रोनमा प्रयोग गरिएको क्यामेरा दिइएको छ । यो होन्डाको लेटेष्ट टेक्नोलोजी प्रयोग गरिएको कार हो । 

यसमा दिइएको ड्यास बोर्ड कन्सेप्ट कारमा रहेको जस्तै छ भने, डिजिटल इन्ट्रुमेन्ट क्लस्टर दिइएको छ । कम्पनीले अहिलेसम्म यसको पावर स्पेशिफिकेशनको बारेमा केही जानकारी दिएको छैन । तर, कम्पनीले यसलाई नयाँ डेडिकेटेड प्ल्याटर्फममा उत्पादन गरिरहेको छ । 

बिभिन्न माध्यमहरुले गरेको अध्यनको रिपोर्ट अनुसार होन्डाको अर्वान ईभीले एक पटकको फुलचार्जमा २५० किलोमिटर माइलेज दिने अनुमान गरिएको छ । कम्पनीले यसलाई २०१९ को जेनेभा मोटर शोमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । 


Back_to_top