काठमाडौं । विश्व पर्यटन दिवसको अवसरमा आयोजना गरिएको विमेन बाइकर्स टुरिङ र्यालीका सहभागीहरुलाई पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले स्वागत गरेका छन् ।
सहभागीहरु भक्तपुरको सानोठिमी टेक्निकल स्कुल देखि भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डसम्म बाइक तथा स्कुटरमा आइपुगेका थिए ।
वी, दि राइडर थिममा गरिएको सो र्यालीमा माउन्टेन स्पोर्ट फेडरेसन नेपालका अध्यक्ष गोेविन्द भट्टराई, युसेप–नेपालका महासचिव अजयसिंह कार्की, नासाका सह–कोषाध्यक्ष धान्यमणि नेपाल लगायतको उपस्थिति रहेको थियो । राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य बिनोद कुमार मैनालीले र्यालीको शुभारम्भ गरेका थिए ।
बिगत दश वर्ष देखि नेपालमा मोटर र मोटरसाइक्लिङ्ग स्पोटर्स, अटोमोबाइल मोबिलिटी एण्ड टु व्हील टुरिजम तथा रोड सेफ्टीमा संलग्न राष्ट्रिय संघ नेपाल अटोमोवाइल्स एसोसिएसनको वीमन कमिसनले युसीइपी नेपालको सहयोगमा सो र्यालीको आयोजना गरेको हो।
पछिल्लो समय साहसिक पर्यटन तथा साहसिक खेलकुद नेपालमा मात्र नभई संसारमै लोकप्रिय हुदै गईरहेको छ जसमा ड्राइभ टुरिजम, टु व्हिल टुरिङ्ग, अफ रोड र्याली तथा क्रस कन्ट्री जस्ता इभेन्टहरु नेपालमा लोकप्रिय हुदै गईरहेका छन् । र्यालीको सुरुवातमा सम्पूर्ण राइडर्सहरुलाई सेफ राइडिङ्ग सम्बन्धि ओरिनटेशन दिईएको थियो ।

