१२ फोटोमा हेर्नुस् सिंगापटारमा ब्यस्त भृकुटीमण्डप

काठमाडौं । नाडा अटो शोको तयारी अन्तिम चरणमा पुगेको छ । अबको केहि घन्टापछि सुरु हुने अटो शोको स्टल निर्माणमा सबै कम्पनीहरु कम्मर कसेर लागेका छन् । 

भदौ २६ गतेदेखि ३१ गतेसम्म चल्ने उक्त मेलामा ग्राहकलाई कसरी आफ्नो स्टलमा आकर्षित गर्न सकिन्छ भनेर कम्पनीहरुले आफ्नो ताकत झोकी रहेका छन् । अहिले भृकुटी मण्डपमा हरेक कम्पनीले आफ्नो स्टललाई अन्तिमरुप दिइरहेका छन् । 

सयौं मानिसले रातभर काम गरेर आफ्नो स्टल निर्माण गर्नु पर्ने अबस्था रहेको छ । त्यस्तोमा सबै कम्पनीले अरू निर्माण कम्पनीको जिम्मा दिएर स्टल निर्माण गरिरहेका छन् । 

‘दुई दिनदेखि न सुत्न पाईएको छ न समयमा खान पाईएको छ, छोटो समयमा स्टल तयार पारेर हस्तान्त्रण गर्नुपर्ने भएकाले निकै समस्या भएको छ’ नाम बताउन नचाहने एक निर्माण कम्पनीका अधिकारीले मेरोअटोसँग भने । 

भोलि बिहान ११ बजेबाट औपचारीक उद्घाटन हुने अटो शोमा बिहानसम्ममा जसरी पनि आ–आफ्नो स्टल तयार गरेर बुझाउनु पर्ने दबाब सबै निर्माण कम्पनीहरुमा रहेको छ । अहिले भृकुटी मण्डप सिंगारपटारमा निकै हतारिएको भान हुन्छ ।  


Back_to_top