काठमाडौं । सन् २०२२ मा ७ करोड ७५ लाख कार तथा लाइट कमर्शियल भेहिकल बिक्री भएका छन् । यो अघिल्लो वर्ष सन् २०२१ को तुलना ३.९ प्रतिशतले कमी हो । सन् २०२१ मा ८ करोड ७ लाख बढी याे सग्मेन्टका सवारीसाधन बिक्री भएका थिए ।
विश्व अटोमोबाइल इन्ड्रष्टिले विगत तीन वर्षदेखि विभिन्न खालको समस्या झेलिरहेको छ । सुरूमा कोरोना महामारी, लकडाउन भोगेको इन्डष्ट्रीले त्यसको लगत्तै ग्लोबल सेमीकन्डक्टर चिप्सकाे सप्लाइको समस्या भोगेको थियो । चिप्स सप्लाइको समस्या समाधान हुन थालेपछि फेरि रसिया–युक्रेन युद्धको मार खेप्नुपर्यो भने अहिले विश्व आर्थिक मन्दीको चपेटामा परिरहेको छ ।
यसका बाबजूत पनि न्यू इनर्जी भेहिकलको बिक्रीमा भने विश्वव्यापी उछाल आएको छ । विश्वका प्रमुख न्यू इनर्जी भेहिकल कम्पनी टेस्ला तथा बीवाईडीको बिक्री बढेको हो । त्यस्तै, अटोमोबाइलको इमर्जीङ मार्केट भारत तथा चाइनामा भने सानो गाडीको बिक्री बढेको हो । टप इन्डिभिजुअल ब्राण्डको तुलना गर्दा सुजुकीले मात्र आफ्नो बिक्री आंकडा सुधार गर्न सकेको हो ।
टोयोटा ग्रुप
विश्वको साना गाडीको बिक्रीमा टोयोटा ग्रुप अग्रपंत्तिमा रहेको छ । टोयोटाले गत वर्ष १ करोड १० लाख कार बिक्री गरेको छ । टोयोटा ग्रुपमा टोयोटा, लेक्सस तथा दायहात्सु जस्ता ब्राण्ड रहेका छन् । यो संख्या अघिल्लो वर्षको तुलनामा १.६ प्रतिशतले घटेको हो । टोयोटाको बिक्रीमा युरोएसियन बजारमा ६० प्रतिशत तथा नर्थ अमेरिकन बजारमा १६.३ प्रतिशतले गिरावट आएको हो ।
फक्सवागेन ग्रुप
फक्सवागेन, स्कोडा, अउडी, बेन्टले, कुप्रा, पोर्सच जस्ता ब्राण्ड भएको फक्सवागेन ग्रुपले गत वर्ष ७८ लाख ५० हजार वटा कार बिक्री गरेर दोस्रो धेरै बिक्री गर्ने कम्पनी बनेको हो । अघिल्लो वर्ष ८६ लाख यूनिट बेच्न सफल ग्रुपको बिक्री सन् २०२२ मा करिब १० प्रतिशतले गिरावट आएको हो ।

हुन्डाई मोटर ग्रुप
सन् २०२२ मा धेरै कार बिक्री गर्ने ग्रुपमा हुन्डाई ग्रुप तेस्रो स्थानमा रहेको छ । हुन्डाई, किया तथा जेनेसिस जस्ता ब्राण्ड रहेको ग्रुपको सन् २०२२ को बिक्री ६८ लाख ३० हजार यूनिट रहेको छ । हुण्डाईले पनि अघिल्लो वर्षको तुलनामा ५.३ प्रतिशतले बिक्री गुमाएको छ ।
रेनो निसान अलायन्स
रेनो, निसान, मित्सुबिसी, इन्फिनिटी, डासिया, अल्पाइन, भेनुसिया जस्ता फ्रेन्च जापनीज ब्राण्ड भएको रेनो निसान अलायन्सले सन् २०२२ मा ६३ लाख ९० हजार कार तथा साना कमर्शियल भेहिकल बिक्री गर्न सफल भएको छ । यो अलायन्सको बिक्री पनि अघिल्लो वर्षको तुलनामा १५ प्रतिशतले गिरावट आएको हो ।
स्टेलान्टीस ग्रुप
फ्रेन्च इटालियन अमेरिकन ब्राण्डहरू रहेको स्टेलान्टिस ग्रुपको बिक्री सन् २०२२ मा पाँचौं स्थानमा रहेको छ । अमेरिकी फियाट क्राइसलर अटोमोबाइल तथा फ्रान्सको पीएसए ग्रुप मिलेर यो समूह बनेको हो । यस अन्तर्गत जीप, सिट्रोन, फियाट, प्यूजो, क्राइस्लर, ओपेल लगायत १६ वटा ब्राण्ड रहेको छ । यो ग्रुपले सन् २०२२ मा ६३ लाख ४० हजार कार तथा लाइट कमर्शियल भेहिकल बिक्री गरेको हो ।

छैटौंमा अमेरिकी अटोमोबाइल कम्पनी जनरल मोटर्सले ५८ लाख ४० हजार, सातौंमा जापनीज होण्डा मोटरले ३७ लाख ४० हजार, आठौंमा फोर्डको ३६ लाख ७० हजार, नवौंमा सुजुकीको २८ लाख ९० हजार र दशौंमा बीएमडब्ल्यूले २३ लाख ३० हजारवटा गाडी बेच्न सफल भएका छन् ।
गत वर्ष चाइनिज इमर्जीङ न्यू इनर्जी अटोमोबाइल कम्पनी बीवाईडीले अघिल्लो वर्षभन्दा १५६.७ प्रतिशतले बिक्री बढाउँदै आफूलाई आठ स्थान माथि उकालेको छ । बीवाइडी धेरै गाडी बिक्री गर्नेको सूचीमा १३ औं स्थानमा छ । अमेरिकी ईभी कम्पनी टेस्लाले पनि ४७.९ प्रतिशतले बिक्री बढाउँदै आफूलाई १५औं धेरै कार बेच्ने ब्राण्डको रुपमा स्थापना गरेको छ ।

