अर्को वर्ष होन्डा एक्टीभा इलेक्ट्रीकमा आउने

सांकेतिक तस्बीर

काठमाडौं । जापनिज ब्राण्ड होन्डाले सन् २०२४ मा आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्ने भएको छ । कम्पनीले आगामी वर्षको जनवरीमा होन्डा एक्टीभा इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्ने भएको हो ।

होन्डा इलेक्ट्रीक स्कुटरको टप स्पिड ५० किमी प्रतिघण्टा हुने अनुमान रहेको छ । सुरक्षालाई ध्यान दिँदै कम्पनीले यस नयाँ इलेक्ट्रीक स्कूटरमा फिक्स्ड ब्याट्री सेट–अप दिने भएको हो । यसमा हुने लिथियम ब्याट्रीलाइ एकपटक चार्ज गरेर १०० किलोमिटरसम्म गुडाउन सकिने अनुमान गरिएको छ ।

एक्टीभा पश्चात अन्य सार्वजनिक हुने इलेक्ट्रीक स्कुटरहरुमा भने रिमुभ एबल ब्याट्री हुनेछ । होन्डाले भारतमा विभिन्न सहरहरुमा ब्याट्री स्वाप सिस्टममा काम सुरु गरिसकेको छ ।

त्यस्तै, यसको डिजाइन होन्डा एक्टीभाको जस्तै हुनेछ । यसमा प्रयोग हुने सस्पेन्सन र ब्रेकजस्ता अन्य धेरै कम्पोनेन्टहरू एक्टीभा बाट नै लिइने भएको हो ।

होन्डा एक्टीभा इलेक्ट्रीकले बजाज चेतक तथा टीभीएस आइक्यूवसँग प्रतिस्पर्धा गर्नेछ ।

यो स्कुटर भारतीय बजारमा सार्वजनिक भएपछि ब्रान्डले ‘अल न्यु बर्न’ इलेक्ट्रीक प्लेटफर्ममा आधारित थप इलेक्ट्रीक स्कुटर मोडल लन्च गर्ने अपेक्षा गरिएको छ।


Back_to_top