काठमाडौं । टाटा माेटर्सकाे पहिलो इलेक्ट्रीक कार नेक्सन ईभी दुई वर्ष ६ महिनाको अवधिमा १ लाख ३८ हजार ४७४ किलोमिटर गुड्न सफल भएको छ । भारतका डाक्टर मदन कुमारले आफ्नो अउडी क्यूथ्री बेचेर ३० महिना अगाडि टाटा नेक्नस ईभी खरिद गरेका थिए ।
उनले छिट्टै टाटा मोटर्सले दिने १ लाख ६० हजार किलोमिटरको वारेन्टी पार हुनेगरी गुडाउने भएका हुन् । डाक्टर मदनले एक वर्ष अगाडि नै ८५ हजार किलोमिटर नेक्सन ईभी गुडाएको थिए ।
अत्यावश्यक समयमा मात्रै डीसी फास्ट चार्जरले चार्ज गर्ने मदनले आफ्नो नेक्सन ईभीलाई सधैं होम चार्जरबाट चार्ज गर्ने गरेको बताए । अनबोर्ड स्लो चार्जरले चार्ज गर्दा यसले ब्याट्रीको हेल्थ मेन्टेन राख्न सहयोग पुर्याउने उनले बताए ।
डा.मदनले एकपटककोे फुल चार्जमा २४० किलोमिटरको रेन्ज पाइरहेको बताएका छन् । एकदिनमा उनले एकैपटक १९० किलोमिटरको राउण्ड ट्रीप गरेको र अन्त्यमा २१ प्रतिशतको चार्ज बाँकी नै रहेको एक्सपिरेन्स रहेको थियो । उनको भनाइमा चालकहरूको ईभी चलाउने फरक फरक तरिकाले रेन्ज र ब्याट्री लाइफ बढ्ने आफ्नो अनुभव रहेको सुनाए ।

उनले धेरै जसो समयमा वान प्याडल मोडमा चलाउने गरेको बताएका छन् जसले गर्दा आनन्दले गाडी चलाउन सकिने र रिजेनेरेशनका कारण ब्याट्री पनि रिचार्ज हुने आफ्नो अनुभव रहेको बताएका छन् । उनले आफूले अउडीको क्यूथ्री बेचेर प्रतिकिलोमिटर १६ रुपैया संचालन खर्च बचाउन सफल भएको दाबी गरेका छन् ।
टाटाले आफ्नो कम्प्याक्ट एसयूभीलाई ब्याट्री इलेक्ट्रीक पावरको बनाएसँगै ५० हजारभन्दा धेरै नेक्सन ईभी बिक्री गरिसकेको छ । टाटाको भारतीय इलेक्ट्रीक भेहिकल बजारमा ८० प्रतिशतभन्दा धेरै बजार हिस्सा रहेको छ ।
टाटाले नेक्सनका अलावा प्यासेन्जर भेहिकल सेग्मेन्टमा टिगोर सेडान तथा टियागो ह्याचब्याक समेत बिक्री गरिरहेको छ । टाटाले आगामी वर्षहरूमा ६ वटाभन्दा धेरै नयाँ ईभी लन्च गर्ने समेत तयारी गरिरहेको छ ।

