काठमाडौं । हुन्डाईका गाडी चढ्ने उपभोक्तालाई फिफा विश्वकप २०२६ हेर्ने मौका मिल्ने भएको छ । यस पटकको विश्वकप फुटबल अमेरिकी महादेशमा आयोजना हुँदैछ ।
फिफा विश्वकप फुटबलको प्रायोजक रहेको हुन्डाईले नयाँ गाडी किन्ने मध्येबाट एक जोडीलाई विश्वकप हेर्न लाने यसअघि नै घोषणा गरिसकेको थियो । अब कम्पनीले पुराना गाडी चढ्ने मध्येबाट पनि छानेर एक जोडीलाई अमेरिका लाने भएको हो ।
हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका अनुसार विश्वकप हेर्ने अवसर प्राप्त गर्न हुन्डाईका सवारी धनीले तीन प्रकारको काम गर्नुपर्ने हुन्छ ।
पहिलो काम तपाईको फुटबल लगाव झल्कने किसिमको भिडियो निर्माण गर्नु पर्छ । उक्त भिडियोमा फुटबल प्रतिको तपाईको रुची झल्कनु पर्ने हुन्छ ।
दोस्रो तपाईले बनाएको भिडियोलाई आफ्नो शोसल मिडियामा पोस्ट गर्नु पर्ने हुन्छ । यसरी गरिएको पोस्टलाई हुन्डाई नेपालको पेजमा ट्याग गर्न नबिर्सनुहोस् ।
तेस्रो काम तपाईले आफ्नो प्रतिक्रिया सहित [email protected] मा इमेल गर्नु पर्ने हुन्छ । इमेलमा शोसल मिडियामा भिडियो अपलोड गरेको लिंक अनिर्वाय पठाउनु पर्ने हुन्छ । त्यसको अलावा तपाईले अहिले चढिरहनु भएको हुन्डाई कारको डिटेल पठाउनु पर्छ । साथै, तपाईका नयाँ कार खोजी गरिरहनु भएका दुई साथीको नाम र नम्बर पनि इमेल गर्नुपर्छ ।
विश्वकप फुटबल आगामी जुन १२ तारिखबाट सुरु हुँदैछ ।


