काठमाडौं । हिजो बिहान परेको समान्य वर्षाले चाबहिल साँखु सडकको अवस्था दयनिय बनेको छ । बिभिन्न स्थानमा खुलेका बालुवा प्रशोधन केन्द्रबाट बालुवा बोक्ने ट्रक, रुटमा यात्रु बोक्ने बसको चाप र निर्माणको क्रममा अस्थब्यत छाडिएको सडकका कारण यस वर्षपनि श्रीस्वस्थानी र माधव नारायण मेला भर्न जाने दर्शनार्थीहरुलाई निकै कठिन भएको छ ।
विगत तीन वर्षदेखि बिस्तारको क्रममा रहेको यो सडक खन्डमा खासै काम हुन सकिरहेको छैन । एक पटकको ठेक्का अवधी सकिएर पुनः समय थपगरि बिस्तार अगाडि बढाइए पनि सडकमा काम गर्न ठेकेदार कम्पनी खासै चासो देखाएको छैन ।

कतिपय स्थानमा त सडक जस्तो नभएर पुरै माटोको खाडी बनेको छ । त्यहाँ दुई पाङ्ग्रे र साना ४ पाङ्ग्रे सवारीसाधन लिएर हिड्नेले ज्यान नै जोखिममा राखेर यात्रा गर्नु पर्ने अवस्था सृजना भएको छ । सडक विभागले चैतसम्ममा यो सडक खन्ड कालोपत्रे गरिसक्ने जनाएपनि अझै २ वर्ष काम नसकिने अवस्था रहेको स्थानीयवासीको भनाई छ ।

सडक हिलाम्य भएका कारण थली, डाँछी, नयाँपाटी, इन्द्रायणी, खुलालटार, सलम्बुदेवी जंगल एरियामा अत्याधिक दुर्घटना भएका छन् ।
मौसम विभागले अझै दुई दिन उपत्यकाको मौसममा बदली हुने बताई रहेको अवस्थामा यो सडकको प्रयोग गरेर शालीनदी दर्शन गर्न जाने सोच बनाउनु भए साना र हलुका सवारीसाधन लिएर नजाँदानै बेस हुनेछ ।


