भारतमा एक्सपल्स २०० फोर भीको बुकिङ बन्द, यस्तो छ कारण

काठमाडौं । भारतीय बजारमा हिरो एक्सपल्स २०० फोर भीको बुकिङ बन्द भएको छ । कम्पनीका अनुसार हिरो एक्सपल्स २०० फोर भीको माग उच्च र उत्पादनमा ढिलाइका कारण बुकिङ बन्द गरेको हो ।

केही समय अगाडि मात्र हिरो मोटोकर्पले एक्सपल्स २०० फोर भी भारतीय बजार सार्वजनिक गरेको थियो । एक्सपल्स फोर भी इन्जिनमा आएसँगै यसको पर्फमेन्समा उच्च सुधार आएको कारण यसको माग दिनानुदिन बढ्दो रहेको छ । भारतीय बजारमा मात्र होइन नेपाली बजारमा समेत एक्सपल्स २०० फोर भी बहुप्रतिक्षित मोटरसाइकल रहेको छ ।

हिरो मोटोकर्पले अस्थायी रूपमा एक्सपल्स फोर भीको बुकिङ बन्द गरेको जनाएको छ । कम्पनीका अनुसार यसअघि नै बुकिङ गरिसकेका ग्राहकहलाई डेलिभरी गरे पश्चात् नयाँ बुकिङ लिइने छ । कम्पनीले ४५ दिनभित्र हालसम्म सबै बुकिङ गरेका ग्राहकहरुलाई एक्सपल्स फोर भी हस्तान्तरण गर्ने जनाएको हो ।

हिरो एक्सपल्स २०० फो भीमा २०० सीसी फोर स्ट्रोक, फोर भल्भ, आयल कुल्ड, सिंगल सिलिन्डर इन्जिन रहेको छ । यो इन्जिनले ८५०० आरपीएममा १९।१ पीएस पावर तथा ६५०० आरपीएममा १७।३५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।

अन्य सबैजसो फिचर पुरानै एक्सपल्स २०० बाट लिइएको छ भने यसको मूल्य १ लाख २८ हजार १५० ९दिल्ली एक्ससोरुम० भारतीय रुपैयाँ निर्धारण गरेको छ । कम्पनीले एक्सपल्स फोर भीमा ३ नयाँ कलर अप्सन दिएको छ ।


Back_to_top