एक्सपल्स २०० फोर भी र्‍याली एडिशन सार्वजनिक, यस्तो छ मूल्य

काठमाडौं । हिरो मोटोकर्पले एक्सपल्स २०० फोर भी र्‍याली एडिशन सार्वजनिक गरेको छ । कम्पनीले यसअघि एसोशरिजका रुपमा ल्याएको किटलाई अहिले नयाँ मोटरसाइकलको रुपमा नै ल्याएको हो ।

केही दिनअघि मात्रै कम्पनीले भारतीय बजारमा एक्सपल्स २०० फोर भी र्‍याली किट सार्वजनिक गरेको थियो । ग्राहकले अब एक्सपल्स २०० फोर भीको र्याली भर्सन नै किन्न पाउने छन् ।

हिरो मोटोकर्पले एक्सपल्स २०० फोर भी र्‍याली किट किन्नको लागि मूल्य ४६ हजार भारतीय रुपैयाँ तोकेको थियो । तर, र्‍याली एडिशन नै किन्नेले भने १ लाख ५२ हजार भारतीय तिर्नु पर्ने हुन्छ ।

नयाँ र्‍याली किट भेरियन्ट रेगुलर मोटरसाइकलको तुलनामा लम्वाई २३ एमएम, ५० एमएम उचाई र ९ एमएम लामो ह्वीलवेस रहने छ । यसमा रेगुलर मोडलकोभन्दा लामो ट्राभल सस्पेन्सन समेत पाउन सकिन्छ ।

 

र्‍याली किट भेरियन्टमा एडजष्टेवल फ्रन्ट तथा रियर सस्पेन्सन, ह्यान्डलबार रेजर, नयाँ स्ट्याण्ड, नयाँ गियर लिभर, र्‍याली सिट, तथा अफरोड टायर हुनेछ । यसका अलावा र्‍याली भर्सनमा नयाँ ग्राफिक देख्न सकिने छ ।

नेपाली बजारमा एक्सपल्स २०० फोर भीको माग उच्च रहेको छ । केही समय अगाडि एनजीएम हिरोले एक्सपल्स २०० को र्याली किट सार्वजनिक गरेको थियो । कम्पनीले उक्त र्‍याली किटको विक्री भने सुरु गरेको छैन ।

नेपालमा मोटरसाइकल मोडिफाइड गर्नु गैरकानुनी मानिने भएका कारण र्याली किट विक्री हुने सम्भावना छैन । तर, फ्याक्ट्री फिट भएको एक्सपल्स २०० फोर भी र्‍याली एडिशन भने नेपाल आउन सक्नेछ ।


Back_to_top