दराजबाट मोटरसाइकल किन्दा २० हजार नगद छुट

काठमाडौं । मोटरहेडको एड्भेन्चर मोटरसाइकल एक्सटर्क २५० मा २० हजार छुट पाइने भएको छ । कम्पनीले दराज मार्फत मोटरसाइकल किन्ने ग्राहकलाई उक्त अफर ल्याएको हो ।

मोटरहेड मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक एसएलआर टेक्नोले दराजमा आजदेखि सुरु भएको हाट बजारमा २० हजार नगद छुटको योजना ल्याएको हो । आजदेखि सुरु भएको हाट बजार सात दिनसम्म चल्ने छ ।

कम्पनीले एक्सटर्क बाहेक अन्य मोटरसाइकलसमेत दराजमा विक्रीको लागि राखेको छ । जसमध्ये एक्सटर्क २५० मा बीस हजार रुपैयाँ नगद छुट स्कीम ल्याएको हो ।

हाल यो मोटरसाइकलको मूल्य ३ लाख ८५ हजार ९०० रुपैयाँ तोकिएको छ भने दराज हाट बजारबाट खरिद गर्दा ग्राहकले ३ लाख ६५ हजार ९०० रुपैयाँमा प्राप्त गर्नेछन् ।

एक्सटर्क २५० मा २५० सीसी सिंगल सिलिन्डर एयरकुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ८००० आरपीएममा १९ हर्सपावर तथा ६५०० आरपीएममा २० एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।

यसको फ्रन्टमा इन्भर्टेड र रियरमा मोनोशक सस्पेन्सन दिएको छ । यसमा दुबै तर्फ १७ इन्चको स्पोक रहेको छ भने दुबै ह्वीलमा डिस्क ब्रेक दिइएको छ ।


Back_to_top