काठमाडौं । ग्लोबल एनक्यापबाट सेफर च्वाइस अवार्ड प्राप्त गरेको महिन्द्रा एक्सयूभी ७००को नेपालमा विक्री वितरण सुरु भएको छ। महिन्द्राको लागि नेपालको आधिकारीक विक्रेता अग्नी इनकर्पोरेट प्रालिले एक्सयूभी ७०० को सुरुवाती मूल्य ७४ लाख रुपैयाँ कायम गर्दै विक्रीसँगै डेलिभरी पनि दिन थालेको छ ।
कम्पनीले केहि साता अघि मात्र आधिकारिक रुपमा सार्वजनिक भएको एक्सयूभी ७०० को बुकिङ समेत खुल्ला भएको छ । यो गाडी खरिद गर्न चाहने ग्राहकले ५० हजार रुपैयाँ तिरेर बुकिङ लिन सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार गाडी बुक गरेका ग्राहकले दुई देखि ३ महिना भित्रमा आफ्नो गाडी डेलिभरी पाउनेछन् । महिन्द्रा एक्सयूभी ७०० ५ र ७ सिट अप्सन सहित ६ भेरियन्टमा नेपाल आएको छ ।
यसको टप भेरियन्टको मूल्य भने १ करोड १० लाख रुपैयाँ तोकिएको छ । एक्सयूभीको वेस भेरियन्ट एएक्स ३ को मूल्य ७४ लाख, एएक्स५ को ८१ लाख र अर्को एएक्स५ सात सिटरको ८३ लाख रुपैयाँ निर्धारण गरेको छ । त्यस्तै, एक्सयूभी ७०० एएक्स ५ अटोमेटीक ५ सिटरको मूल्य ८९ लाख र एएक्स ७ मेनुअलको मूल्य १ करोड ५ लाख र एएक्स ७ अटोमेटीकको मूल्य १ करोड १० लाख रुपैयाँ निर्धारण गरेको हो ।

कम्पनीले यसमा २।० लिटर टर्बो पेट्रोल इन्जिन दिएको छ । पावरफुल पेट्रोल इन्जिन रहेको एक्सयूभी ७०० जस्तोसुकै बाटोको लागि उपयुक्त हुनेछ । यसमा रहेको टर्बो पेट्रोल इन्जिनले २०० पीएस पावर तथा ३८० एनएम टर्क प्रदान गर्छ ।
सुरक्षाको हिसावले पनि एक्सयूभी ७०० उत्कृष्ट रहेको छ । क्रयास टेष्टमा ५ स्टार रेटिङ पाएको एक्सयूभी ७०० ले सन् २०२२ को ग्लोवल एनक्यापले प्रदान गर्ने ‘सेफर च्वाइस अवार्ड’ जित्न सफल भएको छ । ग्लोबल एनक्यापले निर्धारण गरेको ६६ अंकमा ५७।६९ अंकसहित महिन्द्रा एक्सयूभी ७०० ले सेफर च्वाइस अवार्ड जित्न सफल भएको हो ।

एक्सयूभी ७०० को सुरुवाती भेरियन्टमा ७ इन्चको इन्ट्रुमेन्ट क्लष्टर र ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम पाउन सकिन्छ भने, टप स्पेकमा १०।२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम रहेको छ ।
कम्पनीले यसलाई प्रिमियम बनाउन ६ वटासम्म स्पीकर, एलइडी डेटाइम रनिङ लाइट, १८ इन्चको अलोय ह्वील र पानारोमिक सनरुफ जस्ता फिचर प्रदान गरेर गाडीलाई लोभलाग्दो बनाएको छ ।

