यामाहाका १५५ सीसी क्षमताका तीन मोटरसाइकल, मूल्य ६ लाखसम्म

काठमाडौं । यामाहाको आर १५ सिरिजका तीन मोटरसाइकल नेपाली बजारमा विक्री हुँदै आएको छ । यी तीनै मोटरसाइकलको मूल्य ५ लाखभन्दा धेरै निर्धारण गरेर कम्पनी विक्री गर्दै आएको हो ।

कम्पनीले यामाहा आर १५ एम, आर १५ भी ४ र आर १५ भी ३ गरी तीन भेरियन्टमा विक्री गर्दै आएको छ । कम्पनीका यी तीनै मोटरसाइकल एउटै प्लेटफर्ममा निर्माण भएका मोटरसाइकल हुन् ।

तीनै मोटरसाइकलमा १५५ सीसी इन्जिन उपलब्ध र पावर पनि समान रहेको छ । नेपाली बजारमा सेमी फियर्ड मोटरसाइकलमा यामाहा आर १५ को प्रतिस्पर्धी मोटरसाइकल केटीएम २०० आरसी रहेको छ भने केटीएमको मूल्य यामाहाको तुलनामा निकै धेरै रहेको छ ।

यामाहा आर १५ भर्सन भी ४ र आर १५ एममा क्विक सिफ्टर, स्लिपर क्लच, ट्रयाक्सन कन्ट्रोल, राइडिङ मोड जस्ता फिचर दिएको छ । यसको फ्रन्ट लुक नयाँ डिजाइनमा दिएको छ भने सिंगल पड हेडल्याम्पका साथै डीआरएल दिइएको छ ।

यसका अलावा अन्य फिचर तथा इन्जिन क्षमता तीनै मोटरसाइकलमा समान पाउन सकिन्छ । यी मोटरसाइकलमा १५५ सीसी क्षमताको लिक्वीड कुल्ड भीभीए एफआई इन्जिनको प्रयोग गरेको छ । उक्त इन्जिनले अधिकतम १८।३ बीएच पावर र १४।१ एनएम टर्क प्रदान गर्छ । यसका ६ स्पीड गियरबक्सको साथमा स्लिपर क्लच दिइएको छ । यो मोटरसाइकलको कुल तौल १४२ किलोग्राम रहेको छ ।

आर १५ भी ४ मा परिमार्जन गरिएको एग्जस्ट, ठूलो विन्ड स्क्रीन, पूर्ण डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, ब्लूटुथ जस्ता फिचर पाउन सकिन्छ ।

यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्ल्यू इन्टरप्राएजेजले यामाहा आर १५ एमको मूल्य ५ लाख ९९ हजार ९००, आर १५ भी ४ को मूल्य ५ लाख ७४ हजार ९०० रुपैयाँ र आर १५ भी ३ को मूल्य ५ लाख २४ हजार ९०० रुपैयाँमा विक्री वितरण गर्दै आएको छ ।


Back_to_top