याडियाका नयाँ इलेक्ट्रीक स्कुटर विक्री सुरु, १५ हजार नगद छुट

काठमाडौं । याडिया इलेक्ट्रीक स्कुटरको २०२२ मोडलको विक्री सुरु भएको छ । याडियाको नेपालका लागि आधिकारि विक्रेता कम्पनी कुजु नेपालले २०२२ मोडलका स्कुटरको विक्री सुरु गरेको हो ।

विगत ३ महिनादेखि सोल्ड आउट भएको स्कुटर पुनः नेपाल भित्रिएको हो । योसँगै कम्पनीले नयाँ स्कीम समेत सार्वजनिक गरेको छ । नयाँ स्कीम अन्तर्गत ग्राहकले १५ हजार नगद छुटका साथै हेलमेट, टिर्सट, क्याप लगाएत विभिन्न एशोसरिज निःशुल्क प्राप्त गर्नेछन् ।

कम्पनीले नेपाली बजारमा याडियाका तीन मोडलका इलेक्ट्रीक स्कुटर विक्री गर्दै आएको छ । कुजु नेपालले २०२२ मोडलका सी-१ एस, एस-लाइक र जी-फाइभ गरी तीन मोडलको विक्री सुरु गरेको हो ।

कम्पनीले सी-१ एस को मूल्य ३ लाख ६५ हजार, जी-फाइभको मूल्य ३ लाख ४५ हजार र एस-लाइकको मूल्य २ लाख ४५ हजार रुपैयाँ निर्धारण गरेको हो ।


Back_to_top