यामाहाको ३०० सीसी सेग्मेन्टमा नयाँ रेट्रो मोटरसाइकल

काठमाडौं । जापानीज मोटरसाइकल निर्माता कम्पनी यामाहाले ३०० सीसी सेग्मेन्टमा नयाँ मोटरसाइकल निर्माण गर्ने संकेत गरेको छ । यामाहा आर ३ बेशमा रेट्रो मोर्डन डिजाइनको साथ नयाँ मोटरसाइकल निर्माण भइरहेको अनुमान गरिएपनि त्यसलाई कम्पनीले आधिकारीक रुपमा पुष्टि गरेको छैन ।

आर १५ भी ३ बेशमा एक्सएसआर १५५ निर्माण पश्चात् कम्पनीले आर ३ बेशमा एक्सएसआर ३०० निर्माण गर्ने अनुमान गरिएको छ । यामाहाका एक डिजाइनरले एक्सएसआर ३०० को रेन्डर इमेज सार्वजनिक गरे पश्चात् यो मोडल कम्पनीले निर्माण गर्न लागेको अनुमान गरिएको हो ।

यस्तै कम्पनीले यामाहा एक्सएसआर १५५ लाई डेल्टाबक्स फ्रेममा निर्माण गरेको थियो भने एक्सएसआर ३०० को रेन्डर इमेजमा डायमन्ड फ्रेम डिजाइनमा देखिएको छ । यसको फ्यूल ट्याङक एक्सएसआर १५५ भन्दा केही ठूलो देखिन्छ । यसको फ्रन्टमा गोल्डेन इनभर्टेड फर्क लगाइएको छ भने रियरमा मोनोशक प्रयोग गरिएको छ । यसमा आर ३ कै समान ह्वील प्रयोग गरिएको छ ।

यो मोटरसाइकलमा ३२१ सीसी प्यारलल् ट्वीन इन्जिन रहने छ । आर ३ मा रहेको यो इन्जिनले ४२ पीएस तथा २९.६ बीएच पावर जेनेरेट गर्छ । यसमा ६ स्पीडको गिरबक्स रहेको छ ।

३०० सीसी रेट्रो डिजाइनमा हाल रोयल इन्फिल्ड मोटरसाइकलले राम्रो स्थान पाईरहेको छ । यस्तोमा यामाहाले एक्सएसआर ३०० ल्याउने हो भने यसले बजारमा राम्रो स्थान बनाउन सक्ने अनुमान गरिएको छ ।


Back_to_top