जापानीज बाइक उत्पादक कम्पनी यामाहा मोटरले टिवाई–ई नामक इलेक्ट्रीक डर्ट बाइक सार्वजनिक गरेको छ । कम्पनीले परम्परागत ग्यासोलिन बाइकको विकल्पको रुपमा यो इलेक्ट्रीक डर्ट बाइक बजारमा ल्याएको जनाएको छ ।
कम्पनीले यस नयाँ इलेक्ट्रीक बाइकमा नयाँ विशेषता तथा इलेक्ट्रीक पावर बाइकको परीक्षणको रुपमा रहेको जनाएको छ ।
यो बाइकमा प्रयोग भएको उच्च क्षमताको कम्प्याक्ट रोटेसन पावर मोटरले बाइकको सामान्य गतिबाट उच्च गतिमा लैजान मद्दत गर्ने कम्पनीले जनाएको छ । साथै, कच्ची सडकमा पनि यो बाइकको प्रदर्शन उच्च रहने बताएको छ ।
उक्त बाइकको परीक्षणको क्रममा टेष्टड्राइभ गरेका एक चालकले भने, ‘मैले पहिलोपटक यो बाइक चलाउने मौका पाए । सुरुमा यो एउटा सामान्य इलेक्ट्रीक बाइक हो भन्ने लाग्थ्यो, तर यो बाइक चलाइसकेपछि यसको उत्कृष्ट प्रदर्शनले के अनुभव भयो भने इलेक्ट्रीक टेक्नोलोजी उच्चस्तरमा पुगिसकेको छ । जसले इलेक्ट्रीक बाइक र इञ्जिन बाइकमा फरक बताउन गाह्रो हुन्छ ।
’
कम्पनीले यो बाइक कार्बन मोनोकोको फाइवर फ्रेम प्रयोग गरेर बनाएको जनाएको छ ।
संसारमै पछिल्ला दिन बाइक कम्पनीहरू स्पोर्टी बाइकहरूको तौल घटाउन विशेष ध्यान दिइरहेको समयमा यामाहाले पनि यो बाइकको तौल घटाउनमा केन्द्रित रहेको जनाएको छ । टिवाई–ई डर्ट बाइकमा पावर र त्यसको कन्ट्रोल गर्न इलेक्ट्रीक मोटर र अप्टिमाइज फ्लाईह्वीलको प्रयोग गरेको छ । जसले तत्काल इलेक्ट्रीक पावर नियन्त्रणमा लिन मद्दत पुर्याउँछ ।